काठमाडौं । नेपालमा आयोजना हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
टियु क्रिकेट मैदानमा आयोजना हुने टी-ट्वान्टी सिरिजको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल बैशाख ४ गते हुनेछ । खेल दिउँसो २:१५ बजे सुरु हुनेछ ।
नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।
यस्तै नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।
फाइनल खेल बैशाख ११ गते हुनेछ ।
क्यानले सिरिजको टिकट मूल्य १ सय ५० रुपैयाँ तोकेको छ ।
सिरिजका लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
बन्द प्रशिक्षणमा बोलाईएका खेलाडी -
ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख,कुशल भुर्तेल, कुशल मल्ल,लोकेश बम, कमल सिंह ऐरी,सुशन भारी,शाहब आलम,सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ, ललित नारायण राजवंशी