एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित निकालेको छ।
मंगलबार राति भएको खेलमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे ।
डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए ।

घरेलु मैदानमा १९ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ८४ औं मिनेटमा रिउसले गोल गर्दै डर्टमण्डलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको ९० औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।
यस जितसँगै सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब सिटीलाई सेमिफाइनलमा पुग्न दोस्रो लेगमा बराबरीले पुग्नेछ ।
डर्टमण्डको पनि सेमिफाइनल पुग्ने सम्भावना रहेको छ । तर, डर्टमण्डलाई घरेलु मैदानमा हुने दोस्रो लेगमा जित निकाल्नुको बिकल्प हुने छैन ।
डर्टमण्डको मैदानमा हुने दोस्रो लेग अप्रिल १४ मा हुनेछ ।
