शादबले दक्षिण अफ्रीकाविरुद्धको बाँकी खेल गुमाउने
मंगलबार, २४ चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । पाकिस्तानका अलराउण्डर शादब खानले दक्षिण अफ्रीकाविरुद्धको बाँकी खेल गुमाउने भएका छन् ।
चोटका कारण खानले भ्रमणका बाँकी खेल नखेल्ने भएका हुन् । उनले देब्रे खुट्टाको बूढी औलाको चोट बोकेको बताईइएको छ ।
दक्षिण अफ्रीकाविरुद्धको दोस्रो एकदिवसीय दौरान २२ वर्षीय अलराउण्डरले चोट बोकेका हुन् ।
बाँकी खेल गुमाउने भएपछि शादब पाकिस्तान समेत फर्किसकेका छन् ।
पाकिस्तानले घरेलु टिमसँग अब एक एकदिवसीय खेल खेल्न बाँकी रहेको छ ।
त्यसपछि टी-ट्वान्टी सिरिज खेल्नेछ ।
यस्तै शादबले जिम्बावेको भ्रमण समेत गुमाउने छन् ।










-1764668485959.png&w=3840&q=75)
-1764662383271.webp&w=3840&q=75)
