एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युनाईटेडले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर युनाईटेडले जित निकालेको हो ।
खेलको १३ औं मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६२ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।
जितसँगै युनाईटेडले ३० खेलमा ६० अंक जोडेको छ । युनाईटेड दोस्रो स्थानमा रहेको छ ।
ब्राइटन ३२ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।