काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा झापाले सानोगौचरण युवा क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
झापाको जितमा सरोज दर्जी कार्की डोलीले दुई गोल गरे । एक गोल झापाले आत्मघाती उपहार पायो ।
सानोगौचरणका अभिषेक गिरिले आत्मघाती गोल गरे ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।