बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मछिन्द्रलाई हराउँदै अफ्रिकन रुट सेमिफाइनलमा

आइतबार, २२ चैत्र २०७७खेलपाटी संवाददाता
मछिन्द्रलाई हराउँदै अफ्रिकन रुट सेमिफाइनलमा

तस्बिर - मनोज थापा/खेलपाटी

Loading ad...
mustang rice ad

पोखरा । अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट अन्तिम चारमा पुगेको हो ।

अफ्रिकनलाई जित दिलाउन मौसा र एनजिमीले एक एक गोल गरे । मछिन्द्रका अभिषेक रिजालले एक गोल फर्काए ।

क्यामरुनी खेलाडीले भरिएको अफ्रिकनले २३ औं मिनेटमा मौसाको गोलबाट अग्रता बनाएको थियो । उनले डि-बक्स भित्र पाएको अवसरलाई सहज गोलमा परिणत गरे ।

खेलको ८२ औं मिनेटमा डिजोमोको पासलाई सदुपयोग गर्दै एनजिमीले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको इन्जुरी समयमा अभिषेकले एक गोल गरेपनि मछिन्द्र २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

सुनिल बलको पासमा रिजालले पोस्टको दिशा दिएका थिए । तर, उनको गोल सान्त्वना गोल रह्यो ।

खेलको म्यान अफ दि म्याच मौसा चुनिए ।

प्रतियोगिताबाट बाहिरिएपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवालले सेट टिम नभएको र मिडफिल्डमा कमजोर प्रदर्शन हुँदा पराजित भएको बताए ।

'सहिद स्मारक 'ए' डिभिजन लिग खेलेको सेट टिम छैनन् । विशाल राई पनि घाइते छन् । त्यसैले खेल राम्रो हुन सकेन । मिडफिल्डमा राम्रो भएन कमजोर भएकै हो,' उनले भने ।

अफ्रिकनका टिम म्यानेजर आशिक थापा मगरले टिममा अझै कमजोरी रहेको बताए ।

'स्ट्राइकरहरु प्रभावशाली देखिएन । मिडफिल्ड र डिफेन्स राम्रो भयो । फरवार्डले राम्रो गर्न सकेन । वान भर्सेस वानको मौकालाई गोल गर्न सकेनन्,' उनले भने ।

No description available.

शनिबार भएको पहिलो खेलमा जित निकाल्दै एपीएफ क्लब सेमिफाइनल प्रवेश गरिसकेको छ ।

अब सोमबार हुने तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मर्स्याङ्दी क्लब खेल्नेछ ।

अन्तिम क्वाटरफाइनलमा थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् ।

प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

No description available.

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

No description available.

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

पहिलो हाफमै नेपालले खायो गोल

पहिलो हाफमै नेपालले खायो गोल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

पहिलो हाफमै नेपालले खायो गोल

पहिलो हाफमै नेपालले खायो गोल

सन्दीप चम्किँदा बागमतीको जित

सन्दीप चम्किँदा बागमतीको जित

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य