काठमाडौं । सामाजिक युवा क्लबले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा सामाजिकले चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
सामाजिकलाई जित दिलाउन विकास दर्जीले निर्णायक गोल गरे ।
विकासले खेलको ४२ औं मिनेटमा फ्रिकिकबाट गोल गरे ।
त्यसअघि खेलको आठौं मिनेटमा चर्चले पेनाल्टीमा गोल गर्न सकेनन् । उसका साइमन लिम्बुको पेनाल्टी प्रहार पोस्टमा लागेर फर्किएको थियो।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।