नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप बैशाखमा

काठमाडौं । नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय र्याफ्टिङ च्यामिपयनसिप बैशाखमा आयोजना हुने भएको छ ।
नेपाल र्याफ्टिङ एण्ड क्यानोईङ संघको आयोजनामा हुने प्रतियोगिता बैशाख ७,८ र ९ गते हुनेछ ।
कोभिड १९ को महामारी पश्चात प्रतियोगिताहरु सुस्ताईरहेको अवस्थामा खोला सम्वन्धी प्रतियोगिताहरु र गतिविधीहरु नभईरहेको अवस्थामा नेपाल एसोशियसन अफ र्याफ्टिङ एजेन्सीज र हिमालयन रिभर गाईड एसोशियसन तथा नेपाल र्याफ्टिङ तथा क्यानोईङ संघको अफिसियलहरुको बैठकले सुस्ताएको खोलाको खेलको गतिबिधीलाई अगाडी बढाउनु पर्ने निर्णका साथ च्याम्पियनसिप आयोजना गर्न लागिएको नेपाल र्याफ्टिङ तथा क्यानोईङ संघका महासचिव सुदीप गौतमले जानकारी गराए ।
च्याम्पियनसिप त्रिशुली नदीमा आयोजना हुनेछ । जसका लागि आयोजकले टिम दर्ताको लागि आह्वान गरेको समेत महासचिव गौतमले बताए ।













-1764078716312.jpeg&w=3840&q=75)


