काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा झापा फुटबल क्लबले साँघुरो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा झापाले महाबिर क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
झापाको जितमा प्रमोद चौधरीले निर्णायक गोल गरे । उनले खेलको ४५ औं मिनेटमा गोल गरेका थिए ।
लिग अन्तर्गत नै अघिल्लो खेलमा चर्च ब्वाइजले विरगंज युनाईटेड क्लबलाई ३-१ ले हराएको थियो ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।