आइतबार, ०१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. उसु
Loading ad...
Bhat Bhateni Supermarket Ad

उसु अवार्डलाई नागरिक विकास र यो योको साथ

बुधबार, १८ चैत्र २०७७खेलपाटी संवाददाता
उसु अवार्डलाई नागरिक विकास र यो योको साथ
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा हुने उसु अवार्डलाई नागरिक विकास वचत तथा ऋण सहकारी लिमिटेड र यो यो बैंक्युटले प्रायोजन गर्ने भएका छन् । सो सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ ।

नागरिक विकासका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका यो योका सञ्चालक श्रीभक्त कासीछवा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । नागरिक विकासले नगद पुरस्कारको प्रायोजन गर्ने भएको छ । यो योले कार्यक्रम व्यवस्थापनमा आवश्यक पर्ने सम्पूर्ण खर्च प्रदान गर्ने जानकारी दिइयो ।

कार्यक्रम भक्तपुरको सूर्यविनायकस्थित यो यो बैंक्युटमै शनिबार हुँदैछ ।

अवार्ड कार्यक्रममा सान्सौं र थाउलोतर्फ समान १–१ पुरुष÷महिला खेलाडी गरी ४ खेलाडीलाई नगदसहित अवार्ड प्रदान गरिने छ । उदीयमान खेलाडीका रुपमा समान १–१ पुरुष÷महिला गरी २ खेलाडीलाई अवार्ड र नगदबाट पुरस्कृत गरिने छ ।

आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रदर्शनलाई आधार मानी खेलाडी छनोट गरिने संयोजक महर्जनले पत्रकार सम्मेलनमा जानकारी गराए । उसु खेलको विकास र विस्तारमा लामो समयदेखि संलग्न रहेर योगदान पु¥याउने एक जनालाई ‘लाइभ टाइम एचिभ्मेन्ट’ विधाबाट सम्मानित गरिने छ । त्यस्तै विगत १० वर्षदेखि उसु प्रशिक्षका रुपमा सेवा गरिरहेका प्रशिक्षकलाई पनि प्रशंसा पत्रबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

यो योका सञ्चालक कासीछवाले उसुको अवार्ड भक्तपुरमा हुनु सिंगो भक्तपुरका लागि खुशी र गौरवको कुरा भएको बताउदै अवार्डलाई भब्य बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । नागरिक विकासका अध्यक्ष सुब्बाले देशको शान बढाउने खेलाडीको अवार्डसंग जोडिन पाउँदा खुशी लागेको बताए ।

आयोजक कमिटीका संयोजक मन्जुर महर्जनले अवार्डपछि राष्ट्रियस्तरको उसु प्रतियोगिता आयोजना गर्ने सोच पनि रहेको बताउदै उसुको अवार्ड कार्यक्रम नेपालमै पहिलो पटक हुन लागेको दाबी गरे । अवार्ड संयोजक महर्जनले कार्यक्रमले खेलाडीहरुको मनोबल उच्च पार्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा अवार्डलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा अवार्डका रुपमा प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो । नागरिक विकासका अध्यक्ष सुब्बा, यो योका सञ्चालक कासीछवा, अवार्ड संयोजक महर्जन र हिमाल साकोसका अध्यक्ष विज्ञान राईले संयुक्त रुपमा ट्रफी अनावरण गरे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उसुका विजयले पाए ६५ लाख !

उसुका विजयले पाए ६५ लाख !

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

विजयले दिलाए थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य

विजयले दिलाए थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने