'सी' डिभिजन लिग : आज दुई खेल
बुधबार, १८ चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा विरगंज युनाईटेड र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।
विरगंज र चर्चबीचको खेल १२:३० बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा महाबिर क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
महाबिर र झापाबीचको खेल दिउसो ३:३० बजे सुरु हुनेछ ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।









%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)


