आर्चरको चोटको शल्यक्रिया
मंगलबार, चैत १७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको चोटको शल्यक्रिया गरिएको छ ।
आर्चरको दाहिने हातको कुहिनोको चोटको शल्यक्रिया गरेका हुन् ।
आर्चरले हात जनवरीमा माछा राख्ने ट्यांक सफा गर्दा चोट बोकेको बताईएको छ ।
चोटकै कारण आर्चरले भारतविरुद्धको एकदिवसीय सिरिज गुमाएका थिए । जुन सिरिज भारतले २-१ ले जितेको थियो ।
आर्चरले चोटकै कारण भारतविरुद्धको दुई टेस्ट खेलेका थिएनन् । टी-ट्वान्टी भने आर्चरले खेलेका थिए ।
चोटको शल्यक्रिया गरेपछि आर्चरले आईपीएलको सुरुवाती खेलहरु समेत गुमाउने छन् ।
१४ औं संस्करणको आईपीएल अप्रिल ९ बाट सुरु हुनेछ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

