एजेन्सी । पाकिस्तानले जिम्बावेको भ्रमण गर्ने भएको छ ।
पाकिस्तानले अप्रिल र मे महिनामा जिम्बावेको भ्रमण गर्ने भएको हो ।
भ्रमण दौरान पाकिस्तानले घरेलु टिमसँग टी-ट्वान्टी र टेस्ट सिरिज खेल्नेछ ।
हरारेमा दुई टिमबीच तीन खेलको टी-ट्वान्टी र दुई खेलको टेस्ट हुनेछ ।
टी-ट्वान्टी सिरिज अप्रिल २१,२३ र २५ मा हुनेछ । पहिलो टेस्ट अप्रिल २९ र दोस्रो टेस्ट मे ७ मा सुरु हुनेछ ।
सिरिज अन्तर्गतको खेलहरु बन्द रंगशालामा हुनेछ ।
दक्षिण अफ्रीका भ्रमण लगत्तै पाकिस्तानले जिम्बावेको भ्रमण गर्ने भएको हो ।