एजेन्सी । टर्कीले फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा लगातार दोस्रो जित निकालेको छ ।
छनौट अन्तर्गत शनिबार राति १० खेलाडीमा सिमित नर्वेलाई ३-० ले पराजित गर्दै टर्कीले दोस्रो जित निकालेको हो ।
टर्कीलाई जित दिलाउन ओजन तुफानले दुई गोल गरे । यस्तै काग्लर सोयुन्चुको नाममा एक गोल रह्यो ।
खेलको चौंथो मिनेटमा तुफानले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए ।
खेलको २८ औं मिनेटमा काग्लरले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ५९ औं मिनेटमा तुफानले व्यक्तिगत दोस्रो गोल गर्दै टर्कीलाई ३-० को जित दिलाए ।
यस्तै खेलको ७९ औं मिनेटमा क्रिस्टियनले रातो कार्ड पाएपछि नर्वे १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै समूह जीको टर्कीले २ खेलमा ६ अंक जोडेको छ । टर्की समूहको शीर्ष स्थानमा रहेको छ ।
नर्वेको यो पहिलो हार हो । नर्वे २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
