काठमाडौं । नेपाली खेलाडी आबद्द पाकिस्तानको राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा रद्द भएको छ ।
पाकिस्तान फुटबल फेडेरेसनले आफ्नो आधिकारिक फेसबुक पेजमा एक सूचना जारी गर्दै प्रतियोगिता रद्ध भएको जनाएको हो । प्रतियोगिता रद्ध गर्नुको कारण भने खुलाइएको छैन् ।
च्याम्पियनसिपमा नेपालका चार राष्ट्रिय खेलाडीले खेलिरहेका थिए । नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला सुब्बा, डिफेन्डर गिता राना, मिडफिल्डर सरु लिम्बु र स्ट्राइकर अनिता केसीले मासा युनाईटेडबाट च्याम्पियनसिप खेलिरहेका थिए ।
मासाले नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिलालाई कप्तानको जिम्मेवारी दिएको थियो ।
मासाले अपराजित रहँदै समूह विजेताको रुपमा नकाउट चरणमा स्थान बनाउन सफल भएको थियो । मासाले ३ जित र १ बराबरी निकाल्ने क्रममा ६० गोल गर्दै २ गोल मात्र व्यहोरेको थियो ।
