एजेन्सी । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लाट्भियालाई २-० ले पराजित गर्दै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो ।
नेदरल्यान्ड्सलाई जित दिलाउन स्टेभेन बेर्घुइस र लुक डी जोङले एक एक गोल गरे ।
खेलको ३२ औं मिनेटमा स्टेभेनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा जोङले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए ।

जितसँगै समूह 'जी' को नेदरल्यान्ड्सले २ खेलमा ३ अंक जोडेको छ ।
नेदरल्यान्ड्स समूहको तेस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा नेदरल्यान्ड्स टर्कीसँग पराजित भएको थियो ।
लाट्भियाको यो लगातार दोस्रो हार हो ।
यसै समूहको अर्को खेलमा मोन्टेनेग्रोले जिब्राल्टरलाई ४-१ ले हराएको छ ।