• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
के प्रशिक्षकको स्वार्थ बाझिएको हो ?
खेलपाटी संवाददाता
शुक्रबार, चैत १३, २०७७ खेलपाटी संवाददाता
के प्रशिक्षकको स्वार्थ बाझिएको हो ?

काठमाडौं । प्रशिक्षक बालगोपाल महर्जन पछिल्ला केही साता चर्चा र विवादमा छन् । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकले साता दिन अघि फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा काम गर्ने निर्णय गरे ।

अक्सन समारोहमा काठमाडौं रेजर्सको टेबलमा देखिएका बालगोपाललाई लिएर धेरैले अचम्म माने । बालगोपालसंगै थिए एन्फाको लिग कमिटिका संयोजक बिज्ञानराज शर्मा र राष्ट्रिय टिमका म्यानेजर मधुशुदन उपाध्याय ।

सबैको ध्यान बालगोपालले तानेका थिए ।

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेका व्यक्ति कसरी अर्को टिमको प्रशिक्षक बन्न सक्छ ?

यसले राष्ट्रिय टिममा असर त गर्दैन ?

कतै स्वार्थ त बाझिदैन ?

बिहिबार नेपाल त्रिदेशीय फुटबल प्रतियोगिताको पहिलो खेलमा उत्रियो, किर्गिस्तानको ओलम्पिक टोलीविरुद्ध ।

नेपालको प्रशिक्षकमा थिए, उनै बालगोपाल ।

बालगोपालले सुरुवाती लाईन अपको घोषणा गरे । दुई खेलाडीलाई प्लेईङ सेटमा राखेर डेब्यु गराए ।

संजोक राई र त्रिदेव गुरुङ दुई भाग्यमानी खेलाडी थिए । जसले प्लेईङ सेटमा रहेर राष्ट्रिय फुटबल टिमबाट डेब्यु गरेका थिए ।

नेपालले १० खेलाडीको सिमित बनेको किर्गिस्तानको यू–२३ को टोलीसंग गोल रहित बराबरी खेल्यो । किर्गिस्तानलाई हराउँदै फाईनल पुग्ने अवसर नेपाललाई थियो ।

झण्डै ६ वर्षपछि दशरथ रंगशालामा उत्रिएको नेपालले जित निकाल्ने धेरैको अनुमान थियो । तर दर्जन बढी आक्रमण बुनेको नेपालले गोल गर्न भने सकेन ।

भनिन्छ, जितमा हजार गल्तीमा माफ हुन्छ । हारमा हजार कारण र प्रश्न जन्मिन्छन् ।

छुटेको एक प्रश्न छ, कतै खेलमा बालगोपालको स्वार्थ त बाँझिएन ?

बालगोपालले डेब्यु गराएका दुई खेलाडी सञ्जोक र त्रिदेव काठमाडौं रेजर्सका खेलाडी थिए । जसलाई अक्सनमार्फत बालगोपालले किनेका थिए । पहिलो खेल त सकिएको छ, तर स्वार्थ बाँझिएको प्रश्नले बालगोपाललाई पछ्याउन छोड्ने छैन ।

प्रशिक्षक राजुकाजी शाक्य मैदानमा समेत स्वार्थ बाँझिएको जस्तो देखिएको बताउँछन् ।

‘यसअघि पनि मिडियामै आएको थियो । खेल अघिनै आएको थियो । नभन्दै मैदानमा पनि त्यस्तो कुरा देखियो । यो चिज राम्रो हैन ।’ उनले खेलपाटीसंग भने ।

प्रशिक्षक शाक्यले किर्गिस्तानविरुद्धको नेपाली टिमको बनोट स्वार्थ बाँझिने खालको देखिएको उल्लेख गरे ।

‘फ्रेन्चाईजको अक्सन भईसकेपछि धेरै मिडियामा आएको थियो । यस्तो हुन सक्छ भन्ने थियो, नभन्दै त्यो देखियो । यसले राम्रो भएन ।’ उनले भने, ‘डेब्यु गर्ने खेलाडी भन्दा धेरै अनुभवी खेलाडीहरु बेन्चमा थिए । खेलको नतिजा नेपालका लागि महत्वपुर्ण थियो । दोस्रो खेल तलमाथि भएको खण्डमा नेपाललाई खत्तम हुन्छ ।’

जब फ्रेन्चाईज टिमका लागि एन्फाले ‘मार्की खेलाडीको सुचि पठायो । धेरै टिमले विशाल राईलाई पहिलो नम्बरमा राखेका थिए । रोहित चन्द र किरण चेम्जोङ्गलाई छाडेर समकालिन घरेलु फुटबलको उत्कृष्ट खेलाडी विशाललाई मानिन्छन् । बक्स टु बक्स खेल्न सक्ने र गोलका लागि राम्रा पास निकाल्न सक्ने उनको विशेषता हो । जो कमै नेपाली खेलाडीमा छ । उदाहरणका लागि उनै विशालले खेलको अन्तिम चार मिनेट मात्र खेल्न पाए ।

बालगोपाल मुख्य प्रशिक्षक हुन्, उनले उपलब्ध २३ खेलाडीलाई आवश्यकता अनुसार कुनैपनि समय, कुनैपनि पोजिसनमा खेलाउन पाउँछन् । उनको त्यो अधिकार पनि हो । तर जब स्वार्थ बाँझिन्छ, त्यसको उत्तर उनले दिनुपर्छ ।

पत्रकार सम्मेलनमा प्रशिक्षक बालगोपालले युवा खेलाडीलाई अवसर दिनुपर्ने बताए ।

‘नयाँ खेलाडीलाई अवसर दिनुपर्छ । उनीहरुको क्षमता देखेर टिममा राखेको हो । टिममा जति पनि निरिक्षण गरे, उनीहरुको प्रशिक्षणबाट खुसी छु । जसलाई विश्वास गरेर मिडफिल्डमा खेल्न लगाएको थिए । उनीहरुको प्रर्दशनबाट सन्तुष्ट छु ।’ उनले भने ।

उनले नतिजामात्र हेर्न नहुने आग्रह गरे । नतिजाबाट खेलाडीको प्रर्दशन महत्वपुर्ण भएको उनको दलील थियो ।

‘तपाईले नतिजमात्रै हेर्नु हुन्छ कि खेलपनि हेर्नु हुन्छ ? स्कोरमात्र गर्न नसकेका हुन् । खेल उत्कृष्ट थियो ।’ उनको दाबी थियो ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP