त्रिदेशीय सिरिज बैशाख ४ बाट
शुक्रबार, चैत १३, २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु भूमिमा त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज खेल्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार बजाज पल्सर त्रिदेशीय सिरिजको घोषणा गरेको छ ।
त्रिदेशीय सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
टियु क्रिकेट मैदानमा हुने सिरिज बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७-२४) हुनेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।
कोरोना भाईरसको संक्रमणलाई मध्येनजर गर्दै सिरिजमा सहभागी सबै टिमका खेलाडी र म्याच अफिसियल बायो बबल्सभित्र राखिने छ । यस्तै पीसीआर टेस्ट समेत गरिनेछ ।











-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

