• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सुस्त क्यानको ‘फुस्स’ एनपीएल
दिपेश तिमल्सिना
शुक्रबार, चैत १३, २०७७ दिपेश तिमल्सिना
सुस्त क्यानको ‘फुस्स’ एनपीएल

काठमाडौं । सात वर्ष अगाडी नेपाल प्रिमियर लिग (एनपीएल) को घोषणा भएको थियो । २०७० को फागुन १२ गते र्याडिसन होटेलमा एक भव्य पत्रकार सम्मेलन गर्दै एनपीएल आयोजनाको घोषणा भयो । त्यतिबेला टी–ट्वान्टी, एकदिवसीय र दुई दिवसीय ढाँचाको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यका साथ एनपीएलको घोषणा गरिएको थियो ।

नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका बेला घोषणा भएको एनपीएल अत्याधिक चर्चा र पर्खाइको विषय बन्यो । तर, एनपीएलको जुन चर्चा र पर्खाई थियो, त्यसो भने हुन सकेन् । विभिन्न विवादका कारण पहिलो संस्करणको एनपीएल एकदिवसीयमा मात्र सिमित रह्यो । क्यान र आयोजक जोहरा स्पोट्र्स व्यवस्थापकबीच विवाद बढेपछि एनपीएलका अन्य संस्करणका खेलहरु हुन सकेन् ।

त्यसपछि संघमा आएको आन्तरिक विवादका कारण क्यान नै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनमा पर्यो । करिब तीन वर्षको निलम्बमा परेको क्यानमा २०७६ असोज ११ गते चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति आयो ।

नयाँ कार्यसमिति, पहिलो एक वर्ष आईसीसीको पूर्ण निलम्बन फुकुवाको चक्करमा लाग्दा कोरोना महामारीको मारमा पर्यो । त्यो एक वर्ष भित्र क्यानले महिला र पुरुष खेलाडीको वर्गीकरण मात्रै गर्यो ।

कोरोना महामारीकै कारण पहिलो एक वर्ष धेरै कामहरु गर्न नसकेको क्यानका सचिव अशोकनाथ प्याकुरेल बताउछन् ।

तर, गत मंसिर ३ गते भर्चुअल रुपमा आयोजना भएको क्यान वार्षिक साधारणसभाले कार्यसमितिलाई एनपीएल आयोजना गर्ने स्वीकृति दियो । भारतीय कम्पनीबाट एनपीएल आयोजनाको लागि प्रस्ताव आएपछि क्यानले यस विषयलाई साधारणसभा लगेको थियो ।

क्यानको साधारणसभाले प्रतियोगिता आयोजनाका लागि स्वीकृति दिएसँगै पुनः एक पटक एनपीएलको चर्चा चल्यो । तर, त्यो चर्चाभन्दा पनि पहिलो दिनबाटै विवादित बन्न पुग्यो ।

अन्यौलमा एनपीएल

प्रतियोगिता आयोजनाका लागि क्यानले एक भारतीय कम्पनीलाई आयोजकको जिम्मा दिने निर्णय गरेपछि एनपीएल विवादित बनेको थियो । तर, फेरी पनि क्यान सचिव प्याकुरेलले एनपीएल आयोजनाको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी भएको बताए । उनले एनपीएल आयोजनाका लागि भारतीय कम्पनिसँग छलफल जारी रहेको बताए ।

‘एनपीएल आयोजनाको जिम्मा भारतीय कम्पनिलाई नै दिन्छौ । भारतीय कम्पनिसँग छलफल भइरहेको छ । कम्पनिसँग कुरा नै मिलेको भने छैन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजार पनि त्यस्तै छ । स्पोन्सरको विषय पहिलो विषय हो । त्यसैले पनि भारतीय कम्पनिसँगको छलफल जारी नै रहेको हो ।’

क्यानले यस अघि दिल्लीको सेभेन थ्री स्पोर्ट्ससँग एनपीएल आयोजनाका लागि १० वर्षको सम्झौता गर्न लागेको जनाएको थियो । प्रस्तावअनुसार यो कम्पनीले क्यानलाई १० वर्षमा विभिन्न किस्ता गर्दै करिब ४० करोड बुझाउने प्रस्ताव रहेको जनाएको थियो । तर, अहिले एनपीएलको चर्चा ‘हात्ती आयो, हात्ती आयो, फुस्स’ जस्तै भएको छ ।

क्यानका सचिव प्याकुरेल भने एनपीएल आयोजनाका लागि अध्ययन निरन्तर जारी रहेको बताउँछन् ।

‘हामीले एनपीएल घोषणा नै गरेको भने छैनौँ । एनपीएल आयोजनाको योजना मात्र सार्वजनिक गरेका हौ,’ सचिव प्याकुरेल भन्छन् , ‘यो योजना प्रक्रियामै छ । हामी यसको सुक्ष्म अध्ययनमा निरन्तर छौ ।’

कोरोनाको प्रभाव नेपाली बजारमा परेकाले टिम निर्माण र टिम मालिकका लागि कसैसँग पनि प्रस्ताव गर्न नसकिएको प्याकुरेलले बताए । दोस्रो लहरको कोरोना हल्लाले फेरी एनपीएलको योजनामा ठुलो प्रभाव पर्न सक्ने उनको बुझाइछ ।

‘कोरोनाका कारण बजार त्यस्तै छ । हामीले टिम निर्माणका लागि ब्यबसायीलाई प्रस्ताव गर्न पनि सकिरहेका छैनौ । किनभने यस्तो अवस्थामा भोली ट्रम एण्ड कन्डिसन कस्तो हुन्छ भन्ने कुरा पनि छ,’ उनले भने, ‘टिम लिनेहरुलाई विश्वास दिलाउनु पर्नेछ । यसको एरिया कति हुने । हामी कस्तो अवस्थामा कतिसम्म जाने भने विषयहरुको अन्तिम रुप दिन बाँकी नै छ ।’

उनले थपे, ‘अब केही समयमा वर्षाको सिजन सुरु हुँदैछ । यस्तो अवस्थामा एनपीएल गर्न पनि गाह्रो छ । त्यसैले अझै केही समय पक्कै लाग्छ । यस समयमा हामी क्रिकेटका ग्रासरुट कार्यक्रमहरु गर्ने तयारीमा छौ । कोचिङ कोर्षहरु गर्ने छौ ।’

योजना बिनाका प्रतियोगिता

कोरोना महामारीका बेला नयाँ क्यालेन्डर बनेको बताउने क्यानले अहिलेसम्म आफ्नो आधिकारिक तालिका सार्वजनिक गर्न सकेको छैन् । नयाँ कार्यसमितिको पछिल्लो एक वर्षको कार्ययोजना हेर्दा क्यान आफ्नो योजनाबाट पछि धकेलिएको मात्र हैन्, विचलित भएको देखिन्छ ।

विचलित बनेको क्यानले आफ्नो योजनाभन्दा पनि प्रतियोगिताको नाममा क्यालेन्डर बाहिरका प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई अल्झाएको मात्र देखिन्छ । काठमाडौं मेयर्स कप क्रिकेटमा बाग्मती प्रदेशको कप्तानी सम्हाली रहेका रााष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेट विकासका लागि सिजनल प्रतियोगिताको आवश्यकता रहेको बताए थिए ।

उनले खेलाडी उत्पादनका लागि दुई–चार दिनको प्रतियोगिताभन्दा सिजनल प्रतियोगिता आवश्यक रहेको बताएका हुन् । दुई–चार दिनको प्रतियोगिताले खेलाडी चिन्न नसकिने उनको भनाई थियो ।

यता क्यानका सचिव प्याकुरेलले क्यान आफ्नो क्यालेन्डर अनुसार नै चलिरहेको बताए । उनले क्यालेन्डस अनुसार नै महिला र पुरुषको प्रधानमन्त्री कप क्रिकेट आयोजना सम्पन गरेको बताए ।

‘हामी क्यालेन्डर अनुसार नै छौ । तालिका अनुसार नै महिला र पुरुषको प्रधानममन्त्रि कप क्रिकेट आयोजना सम्पन गर्यौ,’ उनले भने, ‘अब यस वर्षको यू–१९ को एक प्रतियोगिता आयोजना गर्न बाँकी छ । हामी त्यसको तयारी पनि गरिरहेका छौ । अहिले महिलाको मेयर्स कपको तयारीमा छौ । मेयर्स कप सकिएपछि उमेर समूहको प्रतियोगिता पनि सकि हाल्ने छौ ।’

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
नेपालको विशाल जित
नेपालको विशाल जित
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपालले टस जित्यो
नेपालले टस जित्यो
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको विशाल जित
नेपालको विशाल जित
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP