एजेन्सी । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ ।
साविक विजेता समेत रहेको फ्रान्स बुधबार राति युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा फ्रान्सले बराबरी खेलेको हो ।
खेलको १९ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५७ औं मिनेटमा फ्रान्सका प्रेस्नेल किम्पेम्बेले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
यस बराबरीसँगै समूह 'डी' फ्रान्सले १ अंक जोडेको छ । युक्रेनको पनि १ अंक रहेको छ ।
यसै समूहको अर्को खेलमा फिनल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनाले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
