काठमाडौं । बलियो नेपाल कप यू-१६ अन्तरजिल्ला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
किन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गर्दै बलियो नेपाल कप क्रिकेट प्रतियोगिता आयोजना गरिने जनाएको छ ।
बलियो नेपालको पोषण अभियानको सहयोगमा सञ्चालन हुने प्रतियोगिता अप्रिल ३ देखि १० गतेसम्म दाङको लमहीमा हुनेछ ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला टिमले प्रतिस्पर्धा गर्ने छन् ।
यस प्रतियोगिताका उत्कृष्ट प्रतिभावान महिला तथा पुरष खेलाडीहरुलाई क्रिकेट सम्बन्धि विभिन्न कार्यक्रमहरुमा समावेश गरिनेछ ।
प्रतियोगिताका लागि १२ वटै जिल्लामा छनोट खेल हुनेछ ।
क्रिकेट खेलका लागि सम्भावना बोकेका प्रतिभाहरूको खोजी गर्नु र तिनीहरूलाई दक्ष खेलाडी बन्न अवसर सृजना गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
