न्युजिल्याण्डको टी-ट्वान्टी टिम घोषणा
बुधबार, चैत ११, २०७७खेलपाटी संवाददाता

एजेन्सी । घरेलु टिम न्युजिल्याण्डले बंगलादेशविरुद्धको टी-ट्वान्टी सिरिजका लागि टिमको घोषणा गरेको छ ।
न्युजिल्याण्डले टिम साउथीको कप्तानीमा १३ सदस्सीय टिमको घोषणा गरेको हो ।
न्युजिल्याण्डको टिममा केन विलियम्सन छैनन् । चोटका कारण विलियम्सन टिम बाहिर रहेका छन् ।
यस्तै युवा खेलाडी फिन एलेनले पहिलो पटक टिममा स्थान बनाएका छन् ।
लक्की फर्गुसन र एडम मिल्ने चोटमुक्त हुँदै टिममा फर्किएका छन् ।
न्युजिल्याण्ड र बंगलादेशबीच ३ खेलको टी-ट्वान्टी सिरिज हुनेछ ।
पहिलो खेल मार्च २८ मा हुनेछ ।
न्युजिल्याण्डले तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितिसकेको छ ।











-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

