एजेन्सी । साउथह्याम्पटनका फरवार्ड ड्यानी इन्ग्स अनुबन्ध गर्नका लागि म्यानचेस्टर सिटीले तयारी थालेको छ ।
सिटीले समरमा इन्ग्सलाई अनुबन्ध गर्ने योजनासहित तयारी थालेको स्काई स्पोर्ट्सले जनाएको छ ।
सिटीले सर्जियो अग्युरोको स्थान लिन सक्ने खेलाडीको रुपमा इन्ग्सलाई अनुबन्धको तयारी गरेको हो ।
अर्जेन्टिनाका स्ट्राइकर अग्युरोको सम्झौता यस सिजनको अन्तिममा सकिदैछ ।
अग्युरोले क्लबसँगको सम्झौता नवीकरण नगर्ने योजना बनाएपछि सिटीले इन्ग्स अनुबन्धका लागि इच्छा देखाएको हो ।
इन्ग्सले साउथह्याम्पटनका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
त्यसैले सिटीले इन्ग्सलाई पहिलो रोजाईमा राखेको हो ।
२८ वर्षीय इन्ग्सको क्लबसँगको सम्झौता पनि यसै सिजन सकिदैछ ।