लुकाकु बेल्जियमको टिममा सामेल
मंगलबार, १० चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्ट्राइकर रोमेलु लुकाकु विश्वकप छनोटका लागि बेल्जियमको टिममा सामेल भएका छन् ।
कोरोना भाईरसको नतिजा नेगेटिभ आएपछि लुकाकु राष्ट्रिय टिममा सामेल भएका हुन् ।
इटालियन क्लब इन्टर मिलानका ४ खेलाडीमा कोरोना संक्रमण देखिएपछि स्ट्राइकर लुकाकु टिममा सामेल भएका थिएनन् ।
कोरोनाकै कारण इन्टर र सासोउलोबीचको खेल स्थगित भएको थियो ।
विश्वकप छनोटमा बेल्जियमले बुधबार वेल्ससँग खेल्दैछ ।
यस्तै शनिबार चेक रिपब्लिकसँग खेल्दा आगामी मंगलबार बेलारुससँग खेल्नेछ ।






-1768190196463.webp&w=3840&q=75)







