काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम ललितपुर सिटी एफसीले प्रतियोगिताका लागि जर्सी सार्वजनिक गरेको छ ।
ललितपुर सिटी एफसीले सोमबार पत्रकार सम्मेलन गर्दै टिमको जर्सी सार्वजनिक गरेको हो ।
ललितपुरका टिम मालिक कामना गुरुङ, मुख्य प्रशिक्षक प्रदिप हुमागाई लगायतले जर्सी सार्वजनिक गरेका थिए ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
लिगमा ललितपुरसँगै विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ ।