विरगंज युथ एकेडेमीको दोस्रो जित
शनिबार, चैत ७, २०७७खेलपाटी संवाददाता

काठमाडौं । विरगंज युथ एकेडेमीले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार महाबिर युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै विरगंज युथ एकेडेमीले दोस्रो जित निकालेको हो ।
विरगंज युथ एकेडेमीलाई जित दिलाउन सिर्जन राज गौतम, लक्ष्मण चौधरी र कृष्ण शाक्यले एक एक गोल गरे ।
जितसँगै समूह 'ए' मा रहेको विरगंज युथ एकेडेमीले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा विरगंज युथ एकेडेमीले झापा एफसीलाई हराएको थियो ।
महाबिरको यो लगातार दोस्रो हार हो । महाबिरले अंक जोड्न सकेको छैन ।
अर्को खेलमा विरगंज युनाईटेड क्लब र प्लानिङ बोइज युनाईटेडले गोलरहित बराबरी खेलेका छन् ।








-1761730672592.jpg&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)