अनिताको दुई गोलमा मासाको दोस्रो जित
शनिबार, ०७ चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय टिमका चार खेलाडी आबद्द मासा युनाईटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा मासा युनाईटेडले हाइयर एजुकेसन कमिसनलाई ४-० गोल अन्तरले परजित गरेको हो ।
नेपाली राष्ट्रिय टोलीका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रिएको मासाको यो लगातार दोस्रो जित हो ।
मासाको जितमा नेपालकी अनिता केसीले दुई गोल गरिन् । यस्तै मिडफिल्डर सरु लिम्बु र सम्रोज समिरानाले एक एक गोल गरिन् ।
यस अघि पहिलो खेलमा मासा युनाईटेडले सियालकोट सिटीलाई १९-० गोल अन्तरले पराजित गरेको थियो ।








-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)



