मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

गोपीचन्द्र र गौरीका वर्ष खेलाडी, सरस्वती लोकप्रिय

शुक्रबार, ०६ चैत्र २०७७खेलपाटी संवाददाता
गोपीचन्द्र र गौरीका वर्ष खेलाडी, सरस्वती लोकप्रिय
mustang rice ad

धनगढी । कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडी घोषित भएका छन् ।

खेलकुद पत्रकार मञ्च कैलालीले शुक्रबार आयोजना गरेको अवार्ड कार्यक्रममा पार्की वर्ष पुरुष र सिंह वर्ष महिला खेलाडी चयन भएका हुन् ।

पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ५ हजार मिटरको मध्यम दुरीमा पहिलो स्वर्ण पदक जित्ने किर्तिमान बनाएका थिए। पुरुष ५ हजार मिटर दौडको निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण जितेका थिए । भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडि पार्दै १३ वर्ष अघि गुमेको स्वर्ण उनले फिर्ता ल्याएका थिए ।

यस्तै सिंहले १३ औं दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण दुई रजत र तीन कास्य जितेकी थिईन् । एक सय, दुई सय र चार सय मिटर फ्रिस्टाईल तथा दुई सय मिटर ब्याकस्टेकमा गरी ऐतिहासिक चार स्वर्ण जित्ने किर्तिमान उनको नाममा छ । दक्षिण एसियाली खेलकुदमा सबैभन्दा बढी ९ पदक जितेर सर्वाधिक पदक जित्ने अर्को किर्तिमान पनि उनको नाममा छ ।

यस्तै भलिबलकी सरस्वती चौधरी वर्षको लोकप्रिय खेलाडी घोषित भएकी छिन् । चौधरीलाई बनदेवी क्लव पिपुल च्वाइस अवार्ड प्रदान गरिएको हो । उनले पौडीकी गौरिका सिंह र क्रिकेटकी अन्जली चन्दलाई पछि पारिन् । चौधरीले ४५ दशमलव ९ प्रतिशत भोट पाइन् भने सिंहले ४४ दशमलव ८५ र चन्दले ९ दशमलव २५ प्रतिशत भोट पाइन् । नेपालको महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने टीमकी महत्वपूर्ण खेलाडी थिईन् चौधरी । उनले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई भलिबलमा ऐतिहासिक रजत पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिईन् ।

कुस्तीका राजेन्द्र चन्द वर्ष प्रशिक्षक घोषित भएका छन् । दिनेश सोप बर्ष प्रशिक्षक अवार्ड चन्दलाई प्रदान गरिएको हो । उनको प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा पहिलो स्वर्ण जितेको थियो । उनी एक स्वर्ण सहित तीन रजत र तीन कास्य गरी सात पदक जिताउने प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा सहभागीता जनाएका सबै खेलाडीले पदक जितेका थिए ।

कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डमा एथलेटिक्सका लक्ष्मीदत्त भट्टलाई सारथी अस्पताल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । तीन दशक अघि चार पटक नेपाल च्याम्पीयन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माउने कैलालीको गेटा निवासी भट्टलाई नेपाल खेलकुद पत्रकार सञ्च कैलालीले लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो ।

तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटकी अन्जली चन्दलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित गरेको छ । दुबै खेलाडीलाई न्यू सिटी पोलीक्लिनिक स्पेशल अवार्ड प्रदान गरिएको हो । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयशाले दोहोरो स्वर्णपदक जित्दै इतिहास रचेकी थिइन् । अन्जलीले १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पार्दा कीर्तिमानी बलिङ गरेकी थिईन् । उनले ह्याट्रिक सहित कुनै रन नदिएर ६ विकेट लिएकी थिईन् । उनी पहिलो ओभर मेडेन राख्दै तीन विकेट, दोस्रो ओभरको अन्तिम दुइ बलमा दुइ विकेट र तेस्रो ओभरको पहिलो बलमा विकेट लिएर कीर्तिमान रच्न सफल भएकी थिईन् ।

यस्तै कुस्तीकी संगीता धामी निसर्ग अस्पताल बर्ष युवा खेलाडी घोषित भएकी छिन् । उनले १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा नेपाललाई पहिलो स्वर्ण जिताएकी थिईन् । उनले ५५ किलो तौल समूहमा बंगालदेशकी रिमी सरकारलाई पराजित गर्दै स्वर्ण पदक जितेकी थिईन् । उनले नेपालभित्र आयोजना हुने सबै कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् ।

ब्याडटमिन्टनका प्रिन्स दाहाल र कुस्तीकी सिवाङ्गी दुवे सुदूरपश्चिम आइकन घोषित भएका छन् । माया मेट्रो अस्पताल सुदूरपश्चिम आइकन (पुरुष) र दुवेलाई तिवारी मेडिसियन सुदूरपश्चिम आइकन (महिला) बाट पुरस्कृत गरिएको हो । दाहालले १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो रजत पदक जितेका थिए भने दक्षिण एसियाली क्षेत्रीय खेलकुदमा २१ बर्ष मुनिको प्रतिस्पर्धामा दोहोरो कास्य पदक जितेका थिए । जुनियर ईन्टरनेशनल च्यालेन्जसमा कास्य पदक, प्रेसिडेन्ट कप नेपाल जुनियर ईन्टरनेशनल सिरिजको १९ वर्ष मुनिमा कास्य पदक र अन्नपुर्ण अन्तराष्ट्रिय सिरिजमा ऐतिहासिक रजत पदक जितेका दाहाललाई पुरस्कृत गरिएको मञ्चले जनाएको छ ।

यस्तै १३ औ दक्षिण एसियाली खेलकुदमा नेपाललाई कुस्तीमा रजत पदक जिताउने दुबेलाई अवार्ड प्रदान गरिएको हो । उनी कम उमेरमा खुल्ला समूहमा प्रतिस्पर्धा गर्दै नेपालका लागि पदक जित्ने युवा खेलाडी हुन् । उनको राष्ट्रियस्तरका कुस्ती प्रतियोगितामा अहिलेसम्म दोस्रो भएको रेकर्ड छैन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

Bajaj Pulsar Motorcycle Ad
लिग लिडर एपीएफ गोलविहीन

लिग लिडर एपीएफ गोलविहीन

जावलाखेलको दोस्रो जित

जावलाखेलको दोस्रो जित

फरक दिशातर्फ अघि बढेको नेपाल

फरक दिशातर्फ अघि बढेको नेपाल

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

१२औंपल्ट खेल्दै नेपाल र युएई

१२औंपल्ट खेल्दै नेपाल र युएई

 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल