युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले शुक्रबार क्वाटरफाइनल 'ड्र' सार्वजनिक गरेको हो ।
सावर्जनिक ड्र अनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले क्वाटरफाइनलमा स्पेनिस क्लब ग्रानडासँग प्रतिस्पर्धा गर्नेछ ।
अर्को इंग्लिस क्लब आर्सनलले क्वाटरफाइनलमा स्लाभिया प्रहासँग खेल्नेछ ।
त्यस्तै इटालियन क्लब रोमाले आयाक्ससँग खेल्नेछ ।
स्पेनिस क्लब भिल्ला रियलले डाइनामो जाग्रेबसँग प्रतिस्पर्धा गर्नेछ ।
क्वाटरफाइनलको पहिलो लेग ८ अप्रिल र दोस्रो लेग १५ अप्रिलमा हुनेछ ।