काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) सकिएको छ ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार आयोजना गरेको अक्सनबाट ८ खेलाडी सर्वाधिक महँगो मूल्यमा अनुबन्धित भएका छन् ।
सर्वाधिक महँगो मूल्यमा अनुबन्धित हुने खेलाडीमा सुजल श्रेष्ठ, दीप कार्की,दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट, तेज तामाङ, सुनिल बल र विशाल सुनुवार रहेका छन् ।
मिडफिल्डर सुजल र गोलकिपर दीप पोखरा थन्डर्स अनुबन्धित भए ।
डिफेन्डर विकास खवास र गोलकिपर विशाल एफसी चितवनमा अनुबन्ध हुँदा तेज काठमाडौं रेजर्समा अनुबन्धित भएका हुन् ।
यस्तै डिफेन्डर दिनेश धनगढी एफसी र मिडफिल्डर एरिक विष्ट ललितपुर सिटीमा अनुबन्धित भए ।
'ए' श्रेणीमा रहेका उनीहरु अधिकतम मूल्य २ लाखमा अनुबन्धित भएका हुन् ।

अक्सनमा कुल १ सय ४९ जना खेलाडीलाई समावेश गरिएको थियो ।
जसमा 'ए' श्रेणीमा २८ , 'बी' श्रेणीमा ६३ र 'सी' श्रेणीमा ५८ खेलाडी रहेका थिए ।
पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ ।
कुन टिममा कस्ता खेलाडी ?
विराटनगर सिटी फुटबल क्लब -

विशाल सुनुवार (२ लाख - लक्की ड्र )
अशोक थापा (५० हजार)
किशोर गिरि (६५ हजार)
बिक्रम धिमाल (७५ हजार- लक्की ड्र)
सरोज दाहाल (१ लाख)
सुनिल बल (२ लाख लक्की ड्र)
डिफेन्डर विजय धिमाल (१ लाख २० हजार-लक्की ड्र )
मिडफिल्डर सुरज जिउ ठकुरी (६० हजार)
गोलकिपर सुर्य अधिकारी (७५ हजार- लक्की ड्र)
मिडफिल्डर सन्तोष तामाङ (१ लाख)
मिडफिल्डर हेम तामाङ (१ लाख २० हजार - लक्की )
मिडफिल्डर सुशील लामा (२० हजार)
मिडफिल्डर सुनिल खड्का (२० हजार)
नीर कुमार राई (५० हजार )
दिपक राई (५० हजार)
काठमाडौं रेजर्स फुटबल क्लब -

तेज तामाङ (२ लाख - लक्की ड्र)
आशिष गुरुङ (७० हजार)
डिफेन्डर सुदिप सिख्राकार (५० हजार)
मिडफिल्डर त्रिदेब गुरुङ (१ लाख)
मिडफिल्डर सन्जोग गुरुङ (१ लाख)
गोलकिपर विनय श्रेष्ठ (५० हजार)
डिफेन्डर राजन गुरुङ (५० हजार)
मिडफिल्डर रमेश बर्तौला (६० हजार)
डिफेन्डर पृथ्वी चौधरी (२० हजार)
फरवार्ड विश्वास श्रेष्ठ (१ लाख २० हजार - लक्की ड्र )
डिफेन्डर अन्जन राई (२० हजार)
फरवार्ड सुदिल राई (६५ हजार)
डिफेन्डर विमल पाण्डे (७५- लक्की ड्र )
प्रिजेन तामाङ (५० हजार )
ललितपुर सिटी फुटबल क्लब -

विनोद गुरुङ (२० हजार)
फरवार्ड नविन लामा (७५ हजार)
मिडफिल्डर मिक्छेन तामाङ (१ लाख २० हजार- लक्की ड्र)
डिफेन्डर प्रवेश दनुवार (१ लाख २० हजार- लक्की ड्र )
डिफेन्डर कमल श्रेष्ठ (१ लाख २० हजार)
मिडफिल्डर एरिक विष्ट (२ लाख- लक्की ड्र)
फरवार्ड विमल राना मगर (१ लाख २० हजार -लक्की ड्र )
गोलकिपर रोहित कार्की (२० हजार)
डिफेन्डर सरोज योन्जन लामा (२० हजार)
फरवार्ड रन्जन विष्ट (५० हजार)
डिफेन्डर निरज बस्नेत (७५ हजार-लक्की ड्र)
डिफेन्डर पल्साङ लामा (१ लाख)
मिडफिल्डर गौरव बुढाथोकी (७५हजार लक्की ड्र )
गोलकिपर अर्पन कार्की (१ लाख)
एफसी चितवन -

रोमन रसाइली (५० हजार)
डिफेन्डर कुलदिप कार्की (१ लाख २० हजार- लक्की ड्र )
मिडफिल्डर शिशिर लेखी (५० हजार)
डिफेन्डर विकास तामाङ (१ लाख)
मिडफिल्डर मनिस थापा (५० हजार- लक्की ड्र)
मिडफिल्डर रुप बहादुर लामा (७५- लक्की ड्र)
डिफेन्डर अमित तामाङ (५० हजार)
डिफेन्डर विकास खवास (२ लाख- लक्की ड्र)
डिफेन्डर सिमन्त थापा (२० हजार)
मिडफिल्डर विश्व अधिकारी (२० हजार)
फरवार्ड राजिब लोप्चन (५० हजार )
मिडफिल्डर टेक बुढाथोकी (१ लाख २० हजार - लक्की ड्र )
गोलकिपर बिबेश चौधरी (२० हजार)
धनगढी एफसी -

सौजन राई (२० हजार)
रुपेश केसी (१ लाख २० हजार - लक्की ड्र )
मिडफिल्डर विवेक बस्नेत (१ लाख २० हजार - लक्की ड्र)
डिफेन्डर निराजन महर्जन (२० हजार)
डिफेन्डर युद्द शाही (७५ हजार )
मिडफिल्डर योगेश गुरुङ (५० हजार)
स्ट्राइकर विजय श्रेष्ठ (२० हजार)
डिफेन्डर निशान खड्का (१ लाख)
फरवार्ड टंक बस्नेत (५० हजार)
डिफेन्डर अशोक खवास (७५ हजार -लक्की ड्र)
डिफेन्डर दिनेश राजवंशी (२ लाख- लक्की ड्र )
गोलकिपर टेकेन्द्र थापा (५० हजार)
मिडफिल्डर पुजन उपरकोटी (१ लाख २० हजार- लक्की ड्र )
दर्शन गुरुङ (१ लाख)
पोखरा थन्डर्स -

डिफेन्डर अजित भण्डारी (१ लाख)
फरवार्ड अनिल गुरुङ (७० हजार)
गोलकिपर अजित प्रजापति (५० हजार)
डिफेन्डर दिपक गुरुङ (१ लाख २० हजार- लक्की ड्र )
गोलकिपर दीप कार्की (२ लाख- लक्की ड्र )
डिफेन्डर मान बहादुर तामाङ (५० हजार)
फरवार्ड प्रविन कुमार स्याङतेन (६० हजार)
मिडफिल्डर सुशील राई (२० हजार)
मिडफिल्डर सुजल श्रेष्ठ (२ लाख - लक्की ड्र )
मिडफिल्डर नितिन थापा (१ लाख २० हजार -लक्की ड्र)
फरवार्ड राजेश परियार (१ लाख २० हजार - लक्की ड्र)
डिफेन्डर गौतम श्रेष्ठ (७५ हजार - लक्की ड्र )
सुरज गुरुङ (२० हजार)
सुजित बुढाथोकी (२० हजार)
बुटवल लुम्बिनी एफसी -

सुरज बिक (१ लाख)
डिफेन्डर मन बहादुर परियार (५० हजार)
मिडफिल्डर सेसेहाङ आङ्देम्बे (१ लाख ३० हजार)
गोलकिपर शत्रुधन चौधरी (२० हजार)
डिफेन्डर रबिन श्रेष्ठ (१ लाख २० हजार-लक्की ड्र)
डिफेन्डर सुरज बिक (१ लाख)
मिडफिल्डर लक्ष्मण रुचाल (५० हजार)
डिफेन्डर रबि थापा मगर (५० हजार)
मिडफिल्डर आमिर श्रेष्ठ (१ लाख २० हजार - लक्की ड्र)
मिडफिल्डर अनिल महर्जन (५० हजार)
फरवार्ड आशिष लामा (१ लाख)
डिफेन्डर चेतन कुमार थारु (२० हजार)
फरवार्ड सुमन लामा (५० हजार)
मिडफिल्डर जय गुरुङ (५० हजार)
रन्दिप पौडेल (५० हजार)