शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. एथ्लेटिक्समा आर्थिक अभावै हो त ?

एथ्लेटिक्समा आर्थिक अभावै हो त ?

२०२१ मार्च १८, बिहिबारदिपेश तिमल्सिना

एथ्लेटिक्समा आर्थिक अभावै हो त ?

काठमाडौं । घरेलु खेलकुदका प्राय संघहरु प्रतियोगिता आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै भर पर्छन् । राखेपले गर्ने वार्षिक च्याम्पियनसिप र वृहत राष्ट्रिय खेलकुदलाई नै संघहरुले पनि आफ्नो मुख्य कार्यक्रम रुपमा सञ्चालन गर्दै आएका छन् ।

केही संघ बाहेक धेरै जसो संघले आर्थिक अभावको कारण देखाउँदै वार्षिक कार्यक्रमनै गर्दैनन् । वार्षिक कार्यक्रम आयोजना गर्न नसक्नु आर्थिक अभावनै मुख्य कारण रहेको संघहरुको दाबी छ । तर, तीनै संघहरु उपलब्ध स्रोतको समेत उपयोग गरेको पाईदैन ।

नेपाल एथ्लेटिक्स संघ समेत आर्थिक अभावकै कारण आफ्ना नियमित कार्यक्रम गर्न नसकेको बताउँछ । तर, अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघबाट वर्षेनी प्राप्त हुने अनुदान रकम संघले उपयोग गरेको देखिदैन । आईएएफबाट संघलाई वर्षेनी १५ हजार डलर उपलब्ध हुन्छ ।

पूर्व महासचिव सुनिल राजवंशीले वर्षेनी आउने १५ हजार डलरमा एथ्लेटिक्स संघले खेलकुदका धेरै कार्य गर्न सक्ने बताउँछन् ।

‘राष्ट्रिय प्रतियोगिता, दक्षिण एसियाली खेलकुद (साग), एसियन गेम्स लगायतका प्रतियोगिताका लागि राखेपले नै सबै खर्च व्यहोरी रहेको हुन्छ । जस कारण संघले आफुले वर्षेनी पाउने अनुदानबाट पनि धेरै कामहरु गर्न सकिन्छ ।’ राजवंशी भन्छन्, ‘जुनियर च्याम्पियनसिप, फिल्ड गेमहरु, राष्ट्रिय प्रतियोगिता संघले थोरै लगानीमा पनि चाहेको खण्डमा गर्न सक्छ । प्रतियोगिता गर्न बजेट छैन भन्ने आधार एथ्लेटिक्स संघमा छैन ।’

उनले थपे, ‘ठुलै प्रतियोगिता गर्न त्यो रकम पुग्दैन । राम्रो प्रतियोगिता गर्ने हो भने करौडौं पैसा पनि कम हुन्छ । तर, आफुसंग जति छ त्यतिमै पनि प्रतियोगिता आयोजना गर्न सकिन्छ । हामीले हुँदै नभएको फिल्ड इभेन्ट त गर्न सक्छौ ।’

संघका सचिव आर के विष्ट भने समय र आर्थिक अभावका कारण वार्षिक कार्यक्रम अनुसार संघ चल्न नसकेको बताउँछन् ।

उनले अन्य संघ संस्था र कर्पोरेट हाउसले आयोजना गरिरहेको प्रतियोगितानै संघको भएकाले प्रतियोगिता भइरहेको दाबी गरे ।

‘हामीले प्रतियोगिता गरिरहेका छौ । विभिन्न संघसंस्थाले आयोजना गरेको प्रतियोगिताका लागि हामीले नै स्वीकृती दिन्छौ । अनि त्यो हाम्रो पनि प्रतियोगिता भयो ।’ उनले भने, ‘म्याराथन, हाफ म्याराथन, छोटो दौड लगायतका प्रतियोगिता भएकै छन् । एक पटक म्याराथन खेलेपछि खेलाडीलाई विश्राम पनि चाहिन्छ । त्यो पनि त बुझ्नु पर्यो । प्रतियोगिता भएन भनेर मात्र हुन्छ ।’

संघले दौडमै पनि स्प्रिन्ट विधाका प्रतियोगिता नगरेको वर्षौ बितेको छ । फिल्ड इभेन्ट वर्षौ देखि नभएको भन्दै खेलाडीले नै आवाज उठाउन थालेका छन् । तर, संघले प्रतियोगिता नगरेको भन्ने विषयमा विष्ट मान्न तयार छैनन् ।

‘प्रतियोगिता नभएका भने हैनन । हामीसँग समय भएन । अर्को आर्थिक अभाव पनि हो । यसको अन्तिमसम्म हामी संघको वार्षिक कार्यक्रम गर्ने तयारीमा छौ ।’ उनले भने, ‘यस वर्ष हामीले विशेष फिल्ड इभन्टलाई जोड दिएका छौ । अन्य विधाका प्रतियोगिताहरु भएकै छन् । फेरी ती विधाका प्रतियोगिता नगर्ने भने हैन । हामी कार्य योजना बनाउँदै छौ ।’

अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघबाट पनि सहयोग माग्न सकिने भएकोले प्रतियोगिता आयोजनाका लागि संघले आर्थिक अभावको कारण दिन नमिल्ने पूर्व महासचिव सुनिल राजवंशी बताउँछन् ।
उनले अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघले आफ्ना सदस्य राष्ट्रलाई वर्षेनी दिने सहयोग रकमबाट पनि प्रतियोगिता आयोजना गर्न सकिने बताए ।

‘महासंघले आफ्ना सबै जसो सदस्य राष्ट्रलाई वर्षेनी १५ लाख रुपैँया प्रशासनिक खर्च वापत दिँदै आएको छ । तर, त्यसको हिसाब प्रत्यक वर्ष महासंघलाई बुझाउनु पर्ने हुन्छ । हामी चाहेको खण्डमा त्यो रकमबाट पनि प्रतियोगिता आयोजना गर्न सक्छौ । तर, त्यो रकम समेत संघले नियमित रुपमा पाउन सकेको छैन भन्ने सुनेको छु ।’ राजवंशीले भने ।

एथ्लेटिक्स संघले प्रत्यक वर्ष आउने रकमको हिसाब बुझाउन नसकेपछि पछिल्लो केही वर्षको सहयोग महासंघले रोकेको छ । संघका सचिव विष्टले संघमा रहेको बिबादका कारण केही वर्ष प्रशासनिक खर्च बापतको पैसा रोकिएको स्वीकार गरे । उनले यस वर्षको सहयोग भने पाउनका लागि अन्तिम अवस्थामा रहेको बताए ।

प्रतियोगिता आयोजनाका लागि संघले महासंघबाट थप २५ लाखसम्मको सहयोग प्राप्त गर्न सकिने राजवंशीले बताए । त्यसका लागि संघले आफ्नो कार्य योजना र युवा विकासका योजना महासंघमा पेश गर्नु पर्ने उनी बताउँछन् ।

‘संघले चाहेको खण्डमा महासंघसंग पनि थप आर्थिक सहयोगका लागि अनुरोध गर्न सक्छ । यसअघि संघले २०१६ मा जुनियर र युथ विकासका कार्यक्रका लागि महासंघबाट २५ लाख रुपैँया सहयोग पाएको थियो,’ उनले भने, ‘तर त्यसपछि संघको कुनै ठोस योजना नभएपछि महासंघबाट पाउने पैसा पनि रोकिएको हो । संघको योजना खै ? अहिलेसम्म गरेका कार्यक्रम खै ? कसैले पनि त्यतिकै पैसा दिन आउँदैन । त्यसका लागि संघले महासंघलाई कार्यक्रम दिनु पर्यो । आफ्नो योजना र कार्यक्रम बनाउनु पर्यो । आफुले वास्तानै नगरे अरुले पनि किन वास्ता गर्ने ?’

उनले थपे, ‘महासंघले पनि आफ्ना सदस्य राष्ट्रलाई वर्षेनी सहयोगका लागि आफ्नो योजनाको प्रतिवेदन बुझाउन प्रस्ताव गर्दछ । त्यसका लागि संघले आफ्ना कार्यक्रम र आयोजना पेश गर्नु पर्छ । तर, संघलाई खेलाडी र खेलकुद विकासमा कुनै वास्ता नै छैन । हामीले राज्यबाट मात्रै हैन । अन्तर्राष्ट्रिय स्तरबाट आउन सक्ने सहयोग पनि लिन नसक्नु हाम्रो कमजोरी हो । अनि आर्थिक अभावले प्रतियोगिता गर्न सकेनौ भन्ने ?’

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

‘द स्पेशल वान’  माउरिन्हो

‘द स्पेशल वान’ माउरिन्हो

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

साफ क्लब महिला च्याम्पियनसिप एपीएफसहित ५ टोली

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए

छोराले एकै ओभरमा ५ छक्का खाए, बुबाले हृदयाघातबाट ज्यान गुमाए