• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
खेलकुदमा ‘पागल’ बनेका सुवाश
दिपेश तिमल्सिना
मंगलबार, चैत ३, २०७७ दिपेश तिमल्सिना
खेलकुदमा ‘पागल’ बनेका सुवाश

काठमाडौं ।
               जरुर साथी म पागल !
                    यस्तै छ मेरो हाल ! ...

महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेखेको कविताका यी हरफमा कता–कता धनगढीका सुवाश शाही देखिन्छन् । शाहीलाई धेरैले खेलकुदमा पागल भएको मान्छन् । पछिल्लो समय उनी ‘सरप्राइज प्याकेज’को रुपमा फ्रेन्चाइज फुटबलमा टिम मालिकको रुपमा देखिए । हेर्दा लाग्छ, उनी खेलकुदका एक ईमान्दार योद्धा हुन् ।

धनगढीमा शैक्षिक व्यवसाय संचालन गरिरहेका सुवास केही वर्ष पहिले क्रिकेट व्यवस्थापकको रुपमा देखिए । आफुले संचालन गरिरहेको कलेज सुदुर पश्चिम एकेडेमीको नामबाट एसपीए कप क्रिकेटको सुरुवात गरे । क्रिकेट खेलाडी समेत रहेका उनले क्रिकेट प्रतिको पागलपन एसपीएमा देखाएका थिए ।

चार लाख रुपैँयाको लगानीमा सुरु गरेको एसपीए कप पछिल्लो समयसम्म आइपुग्दा धनगढी प्रिमियर लिग (डीपीएल) मा परिणत बनेको छ । उनले यसबीचमा आफ्नो सुरुवाती प्रतियोगिताको नाम मात्र फेरेनन्, देशकै क्रिकेटलाई व्यवसायीक रुपमा परिवर्तन गरिदिए ।

क्रिकेट संघ निलम्बनमा रहेको अवस्थामा उनले फ्रेन्चाइज क्रिकेट लिगको सुरुवात गरे । उनले पहिलो पटक अक्सनबाट खेलाडी छान्ने परम्पराको सुरुवात गरे । उनले नेपालमा पनि अक्सनमार्फत प्रतियोगिता सञ्चालन गर्न सकिन्छ भनेर प्रमाणित गरे । उनकै सिको गर्दै इपीएल र पीपीएल जस्ता फ्रेन्चाइज क्रिकेट जन्मिए । उनले धनगढी क्रिकेट एकेडेमी समेत संचालन गरे ।

No description available.

व्यावसायिक क्रिकेटको अग्रपङ्तीमा देखिएका उनी गत वर्ष तेक्वान्दो संघमा पनि देखिए । उनी सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको तदर्थ समितिका  अध्यक्ष बने । तेक्वान्दो संघमा निर्वाचित भएपछि धेरैले शाहीलाई क्रिकेटबाट हराएको अड्कल काट्न थालेका थिए । नभन्दै उनले त्यसपछिका दुबै डीपीएलका संस्करण आयोजना गर्न सकेनन् । धेरैले उनको डीपीएलको अबको यात्रा सकिएको हो कि भनेर आशंका गरेका छन् ।

शैक्षिक व्यवसायबाट क्रिकेट हुँदै तेक्वान्दोमा पुगेका सुबास फेरी एक पटक फ्रेन्चाईज फुटबलमा देखिएका छन् । सोमबार नेपाल सुपर लिगको टिम र मालिक सार्वजनिक गर्दा फ्रेन्चाईज क्रिकेटमा ख्याती कमाएका शाही ‘सरप्राइजिङ प्याकेज’का रुपमा देखा परे । सुदुरपश्चिम प्रदेशबाट ‘धनगढी एफसी’को मालिकको रुपमा देखा पर्दा सबै छक्क परे ।

ठुला व्यापारीक घरानाले एनएसएलको टिम खरिद गर्दा सुदुरपश्चिमबाट शाही आउने कमैले सोचेका थिए । आर्थिक हिसाबले फ्रेन्चाईज फुटबलमा पैसाको खोलो बग्ने छ । एनएसएलका सात फ्रेन्चाईज टिम मध्य धनगढीलाई धेरैले कमजोर पनि भनेका छन् । तर सुबासको दिल कमैले देखेका छन् ।

सुरुवातमा उनलाई एनएसएलबाट एक टोली लिन प्रस्ताव आयो । तर उनले धेरै नसोची प्रस्ताव स्विकार गरे । लामो समय फ्रेन्चाइज प्रतियोगिता सञ्चालन गरिरहेका उनलाई बुझ्नुपर्ने धेरै थिएन ।

‘सुरुवातमा टिम मालिकका लागि प्रस्ताव आएको थियो । केही सोच्दै नसोची स्विकार गर्यौ ।’ शाहीले भने, ‘हामीले फ्रेन्चाइज प्रतियोगितामा लामो समय काम गरि सकेको छौ । त्यसैले फ्रेन्चाईजको सम्भावनाको बिषयमा धेरै सोचेनौं ।’


व्यावसायिक फुटबलमा पहिलो प्रयोग

धनगढी एफसीका मालिक शाहीले व्यावसायिक फुटबलका लागि एनएसएल पहिलो प्रयोग भएको बताए । उनले फ्रेन्चाइज फुटबललाई नाफाघाटाको रुपमा नहेरेको बताए ।

‘यो फुटबलमा पहिलो प्रयोग हो । सुरुको एक–दुई वर्षमा हामीले यसलाई फुटबलमा लगानी गर्यौ भन्ने सोच्नु पर्छ । त्यसले विस्तारै नेपाली फुटबललाई व्यावसायिकतर्फ लैजाने छ ।’ शाहीले भने, ‘एसपीए कपको रुपमा हामीले धनगढीमा क्रिकेट सुरु गर्दा ४ लाख रुपैँयामा प्रयोग गर्यौ । त्यसपछि हामीले क्रिकेटमा धेरै कुराको प्रयोग पनि गर्यौ र त्यसमा सफल पनि भयौ ।’

उनले प्रतियोगिता आयोजनाबाट आउने नगदलाई मात्र फाइदाको रुपमा लिन नहुने बताए ।

‘प्रतियोगिता आयोजनाबाट आउने प्रत्यक्ष नगद मात्र नाफा हैन । हामीले त्यो ठाउँलाई अप्रत्यक्ष रुपमा धेरै नाफा पनि दिलाएका हुन्छौ । जस्तो की एसपीएसबाट सुरु भएको क्रिकेटले धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नेसम्मको माहोल बन्यो ।’ उनले भने, ‘भोली त्यो ठाउँमा अन्तर्राष्ट्रिय रंगशाला बन्दा त्यहाँ हुने अन्तर्राष्ट्रिय खेलको प्रभाव त्यस ठाउको पर्यटन र आर्थिक व्यवसायसँग जोडिन्छ । यसले एउटा सिटीलाई नै अन्तर्राष्ट्रियकरण गर्दछ । जसरी अहिले धनगढीलाई सिटी अफ क्रिकेट भनेर चिनाएको छ ।’

उनले थपे, ‘हाम्रो पैसा कमाउने सोच हैन । धनगढीलाई खेलको माध्यमबाट चिनाउने सानो प्रयास मात्र हो । हामीले पैसा मात्रै कमाउने नै हो भने स्कुल, कलेजबाट कमाउन सक्थ्यौ । मैले स्कुल, कलेज पनि संचालन गरिरहेको छु । विभिन्न अभियानहरु पनि चलाइरहेका छौ । तर, हाम्रो सोच त्यति मात्रै हैन ।’

फुटबलमा लाग्दैमा क्रिकेट छोडिन्न

डीपीएलका सञ्चालक शाहीले आफु फुटबलमा लाग्दैमा क्रिकेट छोडेको नसम्झिन आग्रह गरे । उनले फुटबल र क्रिकेटलाई एउटै ब्रान्डको रुपमा अगाडी बढाउने बताए ।

उनले भने, ‘विभिन्न कारणले गर्दा पछिल्लो दुई सिजन हामीले डीपीएल गर्न सकेका छैनौ । क्रिकेट छोडेको भने हैन । त्यत्रो लगानी गरेर त्यो स्थानमा क्रिकेट पुर्याएका छौ । एक छुट्टै ब्रान्डको रुपमा स्थापना गरेका छौ । त्यसलाई छोड्ने भन्ने कुरै हुँदैन । बरु त्यसलाई अर्को स्तरमा लैजाने हो ।’

उनले अबको क्रिकेट यात्रालाई अगाडी कसरी बढाउने भन्ने अर्को महत्वपूर्ण विषय रहेको बताए । क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) आइसकेपछि त्यसलाई फरक तरिकामा लैजानु पर्ने उनले बताए ।

‘क्रिकेटको अभिभावक संस्था क्यान पनि आइसकेको छ । उहाँहरुले पनि नेपालमा हुँदै गरेका फ्रेन्चाईज क्रिकेटलाई कसरी अगाडी बढाएर लैजाने भन्ने विषय सोची रहनु भएको छ । यो दुई संस्थाबीचको समन्वय पनि हो । मैले एक्लैले पनि यसलाई अगाडी बढाउन सक्ने अवस्था छैन ।’ उनले भने, ‘त्यसैले हामी त्यसलाई अर्कों स्तरमा लैजान तयार छौ र लैजान जरुरी पनि छ ।’

No description available.

क्यानले चाहेको खण्डमा प्रतियोगिताको संरचना र ढाँचा परिवर्तन गर्न सकिने शाहीले बताए ।

उनले भने, ‘हामी डीपीएलको फम्र्याट परिवर्तन गर्न तयार छौ । भइरहेका लिगलाई समायोजन गर्दै एक राम्रो लिग गर्नसक्ने अवस्था पनि क्यानसँग छ । तर सम्पर्क हुन जरुरी छ । हामीले क्रिकेटको कसरी विकास गर्ने भन्ने कुरा सोच्नु महत्वपुर्ण हो ।’

उनले आगामी दिनमा डीपीएल पनि एनपीएल हुन सक्ने आशा देखाए ।

विगतमा एसपीए कपबाट डीपीएल बन्न सकेको भन्दै डीपीएलबाट पनि एनपीएल बन्न सक्ने शाहीले धारणा राखे ।

नयाँ खेलको प्रयोग

शाहीले आफु नयाँ खेलमा प्रयोग गर्न चाहने भएकोले फ्रेन्चाइज फुटबलमा पनि संलग्न भएको बताए ।

उनले प्रयोग मात्र नभई आफ्नो प्रयास पनि सफल रहने विश्वास व्यक्त गरे ।

‘म र मेरो टिम सधै नयाँ नयाँ खेलमा प्रयोग गर्न चाहन्छौ । हामीले प्रयोग गरेको कुनै पनि विषयलाई अर्को स्तरसम्म लैजाने प्रयासमा हामी सफल पनि भएको छौ ।’ शाहीले भने, ‘हाम्रो योजना अरुलाई पनि बाँड्ने हो । हामीले क्रिकेटमा आफ्नो अनुभव बाड्यौं ।’

पछिल्लो समय तेक्वान्दोमा समेत जोडिएका शाहीले आफ्नो आगमन पछि तेक्वान्दोमा पनि राम्रो भइरहेको बताए ।

उनले प्राप्त सफलतामा आफु एक्लै मात्र नभई टिमको रहेको बताए ।

‘अहिले धनगढीमा तेक्वान्दोमा पनि राम्रो भइरहेको छ । तर, यसमा म एक्लो भने हैन । मसँग ठुलो टिम छ । ठुलो टिमकै कारण हामी सफल भएका पनि हौ ।’ उनले भने, ‘बाहिरबाट हेर्दा म मात्रै एक्लो देखिएको हो ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP