• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
अनन्त र जुनीलाई वर्ष खेलाडी अवार्ड
खेलपाटी संवाददाता
शुक्रबार, फागुन २८, २०७७ खेलपाटी संवाददाता
अनन्त र जुनीलाई वर्ष खेलाडी अवार्ड

नमीन ढकाल

इलाम । राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ र उसुकी जुनी राई ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको अवार्डमा झापाका अनन्त र इलामकी जुनी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

उनीहरुलाई २०७६ सालमा गरेको नेपाली खेलकुद क्षेत्रमा गरेको उपलब्धिका आधारमा सचित आनन्द सुब्बाको संयोकत्वमा रहेको प्रतिभा छनोट समितिले वर्ष उत्कृष्ट खेलाडीका रुपमा सिफारिस गरेको थियो ।

फुटबलका अनन्तले उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल प्राप्त गरेका छन् । उनले मनोनयनमा परेका फुटबलरद्वय छिरिङ गुरुङ र सेसेहाङ आङदाम्बेलाई पछि पारेका हुन् ।

अनन्त १३ औं साग स्वर्ण पदक जित्दाको राष्ट्रिय फुटबल टोलीका सदस्य हुन् । उनी गत सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लबबाट खेल्दै उत्कृष्ट डिफेन्डर समेत हुन् ।

अवार्डको महिलातर्फ उत्कृष्ट बर्ष खेलाडी घोषित हुदै इलामकी जुनी राईले एक थान स्कुटर प्राप्त गरिन । उनले जुडोकी देविका खड्का र फेन्सिङकी कमला श्रेष्ठलाई पछि पारिन । नेपाल पुलिस क्लबकी जुनीले १३ औं सागमा उसुमा स्वर्ण पदक प्राप्त गरेकी थिइन । उनी उसु विधातर्फ ‘एनएनआईपिए २०७५÷७६’ की बर्ष उत्कृष्ट खेलाडी समेत हुन् ।

यस्तै वर्ष उत्कृष्ट खेलाडी (युवा) तर्फ फुटबलका रेजिन सुब्बा घोषित भए । उनले नगद २५ हजार र अवार्ड प्राप्त गरे । झापाका रेजिनले मनोनयनमा परेका कबड्डीकी अनुजा कुलुङ र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पारेका हुन् । रेजिन १३ औं सागमा स्वर्ण पदक प्राप्त राष्ट्रिय फुटबल टोलीका सदस्य हुन् । उनी सहिद स्मारक लिग बिजेता मच्छिन्द्र क्लबका समेत खेलाडी हुन् । उनी सम्मिलित क्लबले गत वर्ष झापाको सताक्षी गोल्डकप र माईभ्याली गोल्डकपको उपाधि जितेको थियो ।

त्यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड करातेका मुख्य प्रशिक्षक मदनकुमार उप्रेतीले जिते । उनले नगद २५ हजार र अवार्ड प्राप्त गरे । झापाका उप्रेतीले मनोनयनमा परेका फुटबलका प्रवेश कटुवाल र पौडीका ओङदेन लामालाई पछि पारे । १३ औं सागमा करातेले १० वटा स्वर्ण पदक जित्दा उनी मुख्य प्रशिक्षक थिए ।

यस्तै पिपल्स च्वाइज अवार्ड महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले जितिन् । विभागीय टोली शसस्त्र प्रहरीमा आवद्ध इलामकी एन्जिलाले नगद २५ हजारसहित ट्रफी प्राप्त गरिन । त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन डम्बर कुँवरलाई प्रदान गरियो । उनले नगद ३५ हजार र अवार्ड प्राप्त गरे । उनले सन् १९८८ को सिओल ओलम्पिकमा एथ्लेटिक विधाबाट प्रतिनिधित्व गरेका थिए । उनले डेक्लाथोनमा राखेको राष्ट्रिय कीर्तिमान अहिलेसम्म कुनै नेपाली खेलाडीले भङग गर्न सकेका छैनन् ।

त्यस्तैगरी खेलकुद क्षेत्रमा विशेष योगदान गरेका बक्सिङ प्रशिक्षक डम्बर लिम्बू र शारिरीक सुगठनका राम दाहाललाई ‘स्पेशल अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । उनीहरुले जनही नगद २५ हजार र अवार्ड प्राप्त गरेका थिए ।

०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा विगत चार बर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP