काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खुमलटार युथ क्लब र बाँसबारी क्लबबीच प्रतिस्पर्धा गर्ने छन् ।
खुमलटार र बाँसबारीबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
लिगको आफ्नो अन्तिम खेलमा मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
खुमलटार १० खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
बाँसबारी १० खेलमा २१ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा नयाँबस्तीले पुल्चोक स्पोर्ट्स क्लबसँग खेल्नेछ ।
नयाँबस्ती र पुल्चोकबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।
नयाँबस्ती र पुल्चोक पनि लिगको अन्तिम खेलमा जित निकाल्न चाहन्छ ।
नयाँ बस्ती १० खेलमा १२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
पुल्चोक १० खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ ।
रेलिगेसनबाट जोगिन पुल्चोकलाई अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ ।