• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
सातदोबाटोको ‘ए’ डिभिजन यात्रा
नमीन ढकाल
बुधबार, फागुन २६, २०७७ नमीन ढकाल
सातदोबाटोको ‘ए’ डिभिजन यात्रा
तस्बिर - रमेश सुवेदी/खेलपाटी

काठमाडौं । २३ वर्ष अघि सामाजिक कार्यको लागि स्थापना भएको थियो सातदोबाटो युवा क्लब ।

सुरुवाती समयमा सामाजिक कार्य गरेपनि ललितपुरे क्लबले खेलकुदमा हात हाल्यो । कारण थियो, क्लबका सदस्यमा फुटबल प्रतिको मोह ।

क्लबका सदस्यहरु फुटबलका लागि भोका, प्यासी थिए । त्यहि कारण सातदोबाटोले सामाजिक कार्यसँगै फुटबललाई पनि अगाडी बढाउने निर्णय गर्यो । र, सातदोबाटोले २०५४ सालमा सी डिभिजन छनोट खेल्दै फुटबलको यात्रा सुरु गर्यो ।

स्थापनाको २३ वर्षपछि भने सातदोबाटो व्यवसायिक फुटबलको नयाँ उचाईमा पुगेको छ । अर्थात्, सातदोबाटो नेपाली फुटबलकै शीर्ष लिग सहिद समरक 'ए' डिभिजन लिगमा बढुवा भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी सहिद स्मारक 'बी' डिभिजन लिगमा दुई खेल अगाबै सातदोबाटो बढुवा भएको हो । अबको सिजन सातदोबाटोले शीर्ष डिभिजनको लिग खेल्नेछ ।

फुटबल सुरुवात गर्दाबाटै सातदोबाटोले शीर्ष लिग खेल्ने योजना बनाएको थियो । तर, सातदोबाटोले २३ वर्षमा आफ्नो योजना पूरा गर्याे ।

सातदोबाटोले 'बी' लिग खेल्न निकैनै मेहनत गर्नुपर्याे । उसले २ वर्ष 'सी' छनोटमै संघर्ष गर्याे । ५६ सालमा 'सी' डिभिजनमा बढुवा भएको सातदोबाटो त्यसको एक दशकपछि 'बी' डिभिजनमा बढुवा भएको थियो । ६६ सालमा 'बी' डिभिजन बढुवा भएको सातदोबाटोले ११ वर्षको अन्तरालमा 'ए' डिभिजनमा आफुलाई उभ्याउन सफल भयो ।

'बी' डिभिजनमा उक्लिएसंगै सातदोबाटोले 'ए' डिभिजन लिगलाई मुख्य प्राथमिकता बनायो । तर, विविध कारण सातदोबाटोले 'ए' डिभिजनमा उक्लन लामै समय कुर्नु पर्यो ।

‘बी डिभिजनमा उक्लिए लगत्तै हाम्रो लक्ष्य नै 'ए' डिभिजनमा उक्लने थियो । सोहि अनुसार तयारी र योजना गरिरहेको थियौं । हरेक वर्ष हामीले बी डिभिजन खेल्दा एउटै स्तरको मेहनत र योजना ल्याएका थियौं । त्यसमा खेलाडी र ब्यवस्थापकीय सबैको उत्तिकै मेहनत छ । जसले गर्दा हामी सफल भयौं,’ ६ वर्षयता क्लबको अध्यक्षता गरिरहेका कपिल राना मगर बताउँछन् ।

No description available.

यस पटक भने विगत ३ वर्षदेखि क्लबमै रहेका खेलाडीको मेहनत र क्लबको चुस्त ब्यबस्थापकीय भूमिकाले क्लबलाई शीर्ष डिभिजनमा उकाल्न सफल रह्यो ।

‘हाम्रो खेलाडी सबै तीन सिजन यता हामीसँगै छन् । खेलाडीसँग हामी राम्रोसँग भिज्न पाएका छौं । खेलाडी र प्रशिक्षकको तालमेल पनि राम्रो रह्यो । एउटा वर्ष केहि कमजोरी भए अर्काे वर्ष त्यसलाई सुधार गर्यौ । दाताहरुबाट पनि राम्रो सहयोग भयो । जसका कारण हामीले यो उचाई पायौं,’ अध्यक्ष कपिलले भने ।

'बी' लिगमा उत्कृष्ट खेलेको सातदोबाटोले दुई खेल अगाबै आफुलाई च्याम्पियन बनाएको थियो । त्यो पनि आफु मैदान बाहिर रहँदै ।

सातदोबाटो 'ए' डिभिजनमा बढुवा हुँदै गर्दा उसका खेलाडी र अफिसियलले घरमै थिए । सातदोबाटोलाई लिग उपाधि हात पार्न कम्तिमा एक जितको आवश्यकता थियो । तर, दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लब श्री भगवती क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि सातदोबाटो च्याम्पियन बनेको थियो ।

तर, सातदोबाटोको अपराजित रहँदै ए डिभिजनमा उक्लने योजना भने सफल हुन पाएन । च्याम्पियन भएको तेस्रो दिननै सातदोबाटो मध्यपुर युथ एसोसियनसँग २–१ गोल अन्तरले पराजित भयो । प्रतियोगितामा १० खेल खेल्दा १६ गोल गरेर ६ गोल व्यहोरेको सातदोबाटोको २५ अंक छ ।

अबको चुनौती

'ए' डिभिजनमा बढुवा भएसँगै सातदोबाटोलाई ठुलो चुनौती समेत आइलागेको छ । बढुवासँगै सातदोबाटोले अब आफुलाई व्यवसायिक फुटबलतर्फ ढल्काउनु पर्नेछ ।

सातदोबाटोले अब एसियाली फुटबल महासंघ (एएफसी) को मापदण्डमा रहेर काम गर्नुपर्नेछ । सातदोबाटोले अब होम मैदान, आफ्नै भवन, आफ्नै एकेडेमी, वर्षैभरी खेलाडी सम्झौतामा राख्नुपर्ने लगायतका नियमहरु पालना गर्नुपर्नेछ । सातदोबाटो त्यो चुनौतीको सामना गर्न तयार समेत छ ।

‘ए डिभिजनमा गएपछि योजना पनि ठुलो चाहिन्छ । अब गोदावरीमा मैदान बनाउन हेर्दैछौं । भवन हाम्रो आफ्नै छ,’ अध्यक्ष कपिल भन्छन्, ‘अब धेरै परिवर्तन हुनुपर्छ । एकेडेमी संचालन गर्नुछ । आर्थिक भार बढ्छ । त्यसलाई सुधार गर्नुछ । आर्थिक भार 'ए' मा बढि हुन्छ । त्यसको तयार थाल्छौं । केहि दाताहरु हुनुहुन्छ जस्ले 'ए' मा उक्लिएपछि झनै समर्थन गर्नुहुन्छ ।’

सातदोबाटो 'ए' मा उक्लिएसँगै अब ललितपुरबाट शीर्ष लिग खेल्ने ६ क्लब भएका छन् । थ्रीस्टार क्लब, जावलाखेल युथ क्लब, ब्रिगेड ब्वाईज क्लब, फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबकाबीच आफुलाई उत्कृष्ट बनाउनु सातदोबाटोलाई चुनौती समेत रहेको छ ।

‘पक्कै पनि क्लबले अब यस विषयमा सोच्नुपर्ने हुन्छ । हामी 'ए' मा टिक्न भन्दा पनि टप सिक्समा रहँन लिग खेल्छौं । आर्थिक स्रोत कसरी जुटाउने त्यसका केन्द्रित छौं । त्यो आजलाई मात्रै हैन ।दीर्घकालीन रुपमा यसलाई अगाडी बढाउनु छ,’ अध्यक्ष कपिल भन्छन् ।

मेहनतले सफल

सातदोबाटोलाई पछिल्लो तीन वर्ष प्रशिक्षण गराईरहेका प्रशिक्षक हुन् सनोज श्रेष्ठ । उनले तेस्रो अवसरमा भने क्लबलाई 'ए' डिभिजनमा बढुवा गराउन सफल भए ।

सातदोबाटोको सफलताका पछाडी खेलाडीको मेहनत र क्लबले ब्यवस्थापनमा देखाएको साहस नै प्रमुख रहेको उनी बताउछन् ।

‘सबैको मेहनत थियो । खेलाडी, ब्यवस्थापक सबैले उत्तिकै मेहनत गर्दा यो नतिजा हासिल गरेका छौ । टिम वर्क धेरै राम्रो भयो । हाम्रो लक्ष्यनै 'ए' डिभिजन थियो । त्यसमा सफल भएका छौं,’ नेपाल यू–१६ राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक समेत रहेका सनोजले भने ।

सनोज ललितपुरकै अर्काे 'ए' डिभिजन क्लब ब्रिगेड ब्वाईजसँग समेत आबद्ध छन् । तर, अब दुबै क्लबसँगको समन्वयमा आफु एक क्लबमा मात्र रहने सनोज बताउँछन् ।

आमासँग खुसीको आँशु

शनिबार टोली च्याम्पियन हुँदा सातदोबाटोका कप्तान बसन्त तामाङ आमासँग घरमै थिए । मध्यपुरसँगको खेल अघि आराम समय पाएर आमासँग गफिँदै बसेका बसन्तलाई टिम ब्यवस्थापक रविन खड्काले फोन गरे । उनले भने ‘टोली च्याम्पियन भयो ।’

‘मैले खेल (श्री भगवतीविरुद्ध खुमलटार) हेरेको थिईन् । म्यानेजर (रविन खड्का) बाट फोन आयो । अनि थाहा पाए च्याम्पियन भएको । आमासँग खुसीको आँशु साटे,’ च्याम्पियन हुँदाको आफ्नो अनुभव कप्तान बसन्तले सुनाए ।

No description available.

विगत ५ वर्षयता बसन्त क्लबसँगै रहेका छन् । उनले ३ सिजन क्लबको कप्तानी गरिरहेका छन् ।

अघिल्लो सिजन एनआरटीसँग हार्दै बढुवाबाट चुक्न परेको बताउदै बसन्तले त्यहिँ हारको पाठले यस उपलब्धि हासिल गरेको बताउँछन् ।

‘एनआरटीसँग हार्दा हाम्रो जिन्दगीकै सबैभन्दा ठुलो हार थियो । धेरै मेहनत थियो । त्यो मेहनत अहिले पनि जारी रह्यो । जसका कारण यो सफलता हासिल गरेका छौँ,’ टिमका मुख्य डिफेन्डर समेत रहेका बसन्त भन्छन् ।

यस्तै बसन्तले शीर्ष डिभिजन खेल्न अहिलेको मेहनतले नपुग्ने बताए । ‘यो मेहनतले 'ए' मा खेल्न गाह्रो हुन्छ । मेहनत धेरै खाचो हुन्छ । मनाङ थ्रीस्टारमा रहेका खेलाडी जस्तो बन्न धेरै गाह्रो छ । हामी मेहनत गर्छाैं । केहि नयाँ खेलाडी हुन्छन् नै त्यसकै सहायतामा हामी 'ए' खेल्छौं,’ उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP