एजेन्सी । जर्मन फुटबल टिमका मुख्य प्रशिक्षक जोचिम लोले युरोकप फुटबलपछि टिमको मुख्य प्रशिक्षक पद छाड्ने भएका छन् ।
प्रशिक्षक लोले सन् २०२१ को युरोपछि टिम छाड्ने घोषणा गरेका छन् ।
जर्मनीसँगको सम्झौता नसकिदै लोले टिम छाड्ने घोषणा गरेका हुन् ।
६१ वर्षीय प्रशिक्षकको जर्मनीसँगको सम्झौता २०२२ सम्म रहेको छ ।
प्रशिक्षक लोले आफुले धेरै सोच विचार गरेर टिम छाड्ने निरणय गरेको बताए ।
लोले जर्मनीलाई सन् २०१४ को विश्वकप फुटबलको उपाधि जिताएका थिए ।
लो सन् २००६ बाट जर्मनीको मुख्य प्रशिक्षक रहेका थिए ।
युरोकप आगामी जुन ११ देखि जुलाई ११ सम्म हुनेछ ।
गत वर्ष जुन १२ देखि जुलाई १२ सम्मका लागि तय भएको युरोकप कोरोनाको कारण एक वर्षपछि सरेको हो ।