• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
रामेछापमा आइटिएफ तेक्वान्दोको राष्ट्रिय एकेडेमी निर्माण
खेलपाटी संवाददाता
शनिबार, फागुन २२, २०७७ खेलपाटी संवाददाता
रामेछापमा आइटिएफ तेक्वान्दोको राष्ट्रिय एकेडेमी निर्माण

काठमाडौं । रामेछापको खाडाँदेवि गाउँपालिकामा राष्ट्रिय तेक्वान्दो आइटिएफ एकेडेमी निर्माण भएको छ ।

खाँडादेखि गाउँपालिकास्थित गाल्पा बजारमा कुल एक करोड ११ लाख लागतमा एकेडेमी निर्माण भएको हो ।

एकेडेमीले कुल दुई रोपनी क्षेत्रफल ओगटेको छ । चेन्जिङ हल, बाथ रुम, अफिस रूमलगायत सेवासुविधासहितको एकेडेमी निर्माण भएको छ । आइटिएफ तेक्वान्दो महासंघले पनि यस नवनिर्मित एकेडेमीलाई राष्ट्रिय एकेडेमीका रूपमा मान्यता दिएको छ ।

करिब दुई सय खेलाडीले प्रत्यक्ष रूपमा एकेडेमीमा प्रशिक्षण गर्न पाउनेछन् ।

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा एकेडेमी निर्माण भएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय सदस्य एवम् रामेछाप तेक्वान्दो संघका अध्यक्ष रूपसिंह मोक्तानले जानकारी दिए ।

शनिबार एक कार्यक्रमबीच खाडाँदेवि गाउँपालिकाका प्रमुख प्रेमबहादुर तामाङ, दोरम्बा गाउँपालिकाका प्रमुख कमानसिंह मोक्तान र सुनापतिका गाउँपालिका प्रमुख धावा लामालगायतले उक्त एकेडेमीको उद्घाटन गरेका थिए ।

सो अवसरमा खाडाँदेवि गाउँपालिकाकी उपप्रमुख मखमली श्रेष्ठ, खाडाँदेखि गाउँपालिका वडा–७ का अध्यक्ष असलसिंह मोक्तान, एसियाली आइटिएफ तेक्वान्दो महासंघका कार्यकारी सदस्यसमेत रहेका नेपाल आइटिएफ महासंघका अध्यक्ष अञ्जन धमलालगायतको उपस्थिति रहेको थियो ।

तीन गाउँपालिका खाडाँदेवि, दोरम्बा र सुनापतीको संगम स्थल गाल्पा बजारमा एकेडेमी निर्माण गरिएको छ । तीनै गाउँपालिकाले प्रदेश सरकार र केन्द्र सरकारलाई गल्पामा राष्ट्रिय एकेडेमी निर्माणका लागि संयुक्त प्रस्ताव पेश गरेका थिए । सोही अनुरूप तीनै तहका सरकारको प्रयासमा एकेडेमी निर्माण भएको रामेछाप आइटिएफ तेक्वान्दोका अध्यक्ष रूपसिंह मोक्तानले जानकारी दिए ।

‘यो एकेडमीको निर्माण भएपछि स्थानीय तवरबाट प्रतिभावान् खेलाडी उत्पादनमा ठूलो सघाउँ पुग्ने विश्वास लिएका छौं । धुलेमा खेलिरहेका हाम्रा खेलाडीले अत्याधुनिक हलमा खेल्ने पाउँदा उनीहरूको मनोवल पनि उच्च हुनुका साथै खेलस्तरमा पनि सुधार आउँनेछ,’ रूपसिंहले भने ।

उद्घाटनका अवसरमा खाडाँदेवि गाउँपालिका प्रमुख प्रेमबहादुर तामाङले खेल क्षेत्र एकताको प्रतिकसमेत भएकाले तीन वटै गाउँपालिका संयुक्त प्रयासमा एकेडेमी निर्माण गरिएको बताए ।

दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका अञ्जन धमलाले स्थानीय सरकार र यहाँका जनप्रतिनिधिले आइटिएफ तेक्वान्दोको विकास लागि गरेको योगदानप्रति धन्यवाद प्रकट गर्दै यो एकेडेमी निर्माणले प्रतिभावान् खेलाडी उत्पादनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

शनिबार नै एकेडमी निर्माणका क्रममा योगदान दिएका खाडाँदेवि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, वडा–७ का अध्यक्ष असलसिंह मोक्तान, दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान, सुनापति गाउँपालिका अध्यक्ष धावा लामा र महासंघका अध्यक्ष अन्जन धमलालगायतलाई सम्मान गरिएको थियो ।

नेपाल आइटिएफ तेक्वान्दो महासंघको तत्वावधनमा राष्ट्रिय रेफ्री सेमिनारसमेत आयोजना भएको थियो । सातै प्रदेश र दुई विभाग सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल आर्मीका गरी कुल ८० जनाले रेफ्री प्रशिक्षण कोर्स पूरा गरेका थिए ।

महासंघका उपाध्यक्ष एवम् रेफ्री कमिटीका प्रमुख प्रवीणकुमार कार्कीले एक दिने कार्स लिएका थिए । एकेडेमी उद्घाटनको अवसर जिल्ला स्तरको प्रतियोगितासमेत भएको थियो । चार विधाका प्याटर्न र फाइटतर्पm आठ तौलसमूहका प्रतिस्पर्धा भएका थिए । उक्त प्रतियोगितामा महिलामा करिसा योञ्जन र पुरुषमा निर्मल लामा उत्कृष्ट खेलाडी चयन भए ।

गाल्पा तेक्वान्दो डोजाङ १३ स्वर्ण, १२ रजत र १० कांस्यसहित टिम च्याम्पियन हुँदा सुनापतिका तेक्वान्दो डोजाङ आठ स्वर्ण, ८ रजत र १० कांस्यसहित दोस्रो भयो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अल्फालाई उपाधि
अल्फालाई उपाधि
पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
आइओएफटिसीको १५औं संस्करण नेपालमा
आइओएफटिसीको १५औं संस्करण नेपालमा
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्कटल्यान्डविरुद्ध  नेपालको रोमाञ्चक जित
स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
टी-२० आईमा करणले लिए १०० विकेट
टी-२० आईमा करणले लिए १०० विकेट
नेपालले जित्यो टस
नेपालले जित्यो टस
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP