शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

रेगनलाई उपाधि

शनिबार, २२ फाल्गुण २०७७खेलपाटी संवाददाता
रेगनलाई उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठ (अंकितमान श्रेष्ठ) ले प्रथम चक्र लामा-किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा भएको ‘बेस्ट अफ १५’ को फाइनलमा नेपाल नम्बर वान रेगनले लास्ट ब्रेकका सोम लामालाई ८–६ ले पराजित गरे ।

रेगनले खेल ९१–३४,२६–९५, ३३–७३, ८०–४२, ६७–४२, २९–९३, ८०–२९, ७१–४५, २–१२१, ६३–३२, ९०–४२, २४–८९, ७–१३० र ८०–२९ ले जिते ।

उपाधिसंगै रेगनले २ लाख ११ हजार ५ सय नगद प्राप्त गरे । सोमले ९१ हजार ५ नगदमा चित्त बुझाए । सेमिफाइनलमा पराजित एनआरटीका दीपक मगर र फस्ट ब्रेकका अमन कार्कीले जनही ३० हजार ५ सय नगद पुरस्कार हात पारे ।

त्यस्तै क्वाटरफाइनलमा पराजितले जनही १० हजार ५ सय नगद पुरस्कार पाए भने प्रिक्वाटरफाइनलमा पराजितले गिफ्ट ह्याम्पर वापत क्यु एन्ड क्यु बक्स हात पारे ।

बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीको संयुक्त आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको विशेष सहयोगमा भएको प्रतियोगितामा अजिमाका फुरी शेर्पा उत्कृष्ट खेलाडी तथा चामुण्डाका तेन्जिङ लामा र अजिमाका रेन्जेन लामा उदीयमान खेलाडी घोषित भए ।

ब्रेक प्वाइन्टका विनोद श्रेष्ठ अनुशासित खेलाडी ठहरिए । चारै समान ११ हजार ५ सय–११ हजार ५ सय नगद पुरस्कार हात पारे ।


प्रतियोगितामा एनआरटीका दीपक मगर सर्वाधिक ब्रेक कर्ता बने । सर्वाधिक ८४ अंकको ब्रेक गरेका उनले २१ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सेन्चुरी ब्रेक गर्नेलाई २ लाख १ हजार तथा १४७ ब्रेक गर्नेलाई १० लाख नगद पुरस्कार राखिएको थियो । कुनैपनि खेलाडीले उक्त उपलब्धी हासिल गर्न सकेनन् । नेपाली स्नुकरको इतिहासमै यो प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको हो ।

विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष समेत रहेका स्नुकरका चारपटकका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, प्रतियोगिता संयोजक राजेन लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


माघ २४ गतेदेखि सुरु प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी थिए । खेलाडी सहभागिताका आधारमा पनि यो प्रतियोगिता ठूलो हो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ