काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्वाइज युनियन क्लब र टुसाल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
ब्वाइज र टुसालबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
ब्वाइज युनियन लिगको चौंथो स्थानमा रहेको छ ।
ब्वाइजले ९ खेलमा १४ अंक जोडेको छ ।
टुसाल ९ खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
अर्को खेलमा खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच खेल हुनेछ ।
खुमलटार र श्री भगवतीबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।
खुमलटार ९ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
श्री भगवतीलाई हराएर खुमलटार शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्न चाहन्छ ।
श्री भगवती ९ खेलमा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।