एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलान बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा मिलान घरेलु मैदानमा उडीनेजेसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
६८ औं मिनेटमा रोड्रिगो बिकाले गोल गर्दै उडीनेजेलाई अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा फ्रान्क केस्सीले गोल गरेपछि मिलान हारबाट जोगिएको हो ।

यस बराबरीसँगै मिलानले २५ खेलमा ५३ अंक जोडेको छ ।
मिलान दोस्रो स्थानमा रहेको छ ।
मिलान शीर्ष स्थानको इन्टर मिलान भन्दा ३ अंकले पछि रहेको छ ।
उडीनेजे २९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।