एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साँघुरो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बोर्डोको मैदानमा पीएसजीलाई जित दिलाउन पाब्लो सराबियाले निर्णायक गोल गरे ।
खेलको २० औं मिनेटमा उनले गोल गरेका थिए ।
जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पीएसजीले २८ खेलमा ६० अंक जोडेको छ ।
शीर्ष स्थानको लिल भन्दा पीएसजी २ अंकले पछि रहेको छ ।
बोर्डो ३३ अंक जोडेर १५ औं स्थानाम रहेको छ ।