एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा युनाईटेड क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो ।
क्रिस्टलको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा युनाईटेडले अंक बाड्नु परेको हो ।
क्रिस्टलले पनि घरेलु मैदानमा गोलको केहि अवसर गुमाएको थियो ।

यस बराबरीसँगै युनाईटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दुरी कम गर्ने मौका समेत गुमाएको छ ।
दोस्रो स्थानको युनाईटेडले २७ खेलमा ५१ अंक जोडेको छ ।
सिटीको ६५ अंक रहेको छ ।
क्रिस्टल ३४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लेष्टर सिटीले बर्नलीसँग १-१ गोलको बराबरी खेलेको छ ।
त्यस्तै सेफिल्ड युनाईटेडले एस्टन भिल्लालाई १-० ले हराएको छ ।