रेगन फाइनलमा
बुधबार, फागुन १९, २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाल नम्बर वान अजिमाका रेगन श्रेष्ठ प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा रेगनले ‘बेस्ट अफ १३’ को पहिलो सेमिफाइनलमा फस्ट ब्रेकका अमन कार्कीलाई ७–६ को फ्रेममा पराजित गरे ।
रेगनले खेल ५०–१०६, १२२–०८, १२३–०, ३६–७६, ९२–१६, ४३–६०, १०–९५, १००–४२, ६१–४२, ९२–३०, ४७–७६, २६–८८ र ८३–२७ ले जिते ।
सेमिफाइनलमा रेगनको भेट लास्ट ब्रेकका सोम लामा र एनआरटीका दीपक मगरबीच हुने दोश्रो सेमिफाइनलको विजेतासँग हुनेछ । दोश्रो सेमिफाइनल बिहीबार हुनेछ ।






copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)






-1761808270369.png&w=3840&q=75)