सबिन चम्किदा खुमलटारको जित

तस्बिर - विवेक सुवेदी/एन्फा
काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा उपाधि दाबेदार खुमलटार युथ क्लबले सहज जित निकालेको छ ।
बुधबार भएको खेलमा खुमलटारले ब्वाइज युनियन क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जित दिलाउन सबिन केसीले दुई गोल गरे ।
यस्तै आयुस घलानले एक गोल गरे ।

खेलको १९ औं मिनेटमा सबिनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
४३ औं मिनेटमा सबिनले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा आयुसले गोल गर्दै खुमलटारलाई ३-० को जित दिलाए ।
जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेको छ ।

खुमलटार ९ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
एक खेल कम खेलेको सातदोबाटोको पनि २२ अंक रहेको छ ।
ब्वाइज ९ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)

-1775312592574.webp&w=3840&q=75)


