क्रिकेट खेलाडीलाई सामाग्री हस्तान्तरण

काठमाडौं । बाँके पुरैनास्थित महाराजा माध्यामिक विद्यालयका क्रिकेट खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गरिएको छ ।
महाराजा माध्यामिक विद्यालयका शिक्षक शंकर चन्दका पुर्व विद्यार्थीले क्रिकेट सामाग्री खेलाडीहरुलाई हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीको समुहले जुत्ता, ब्याट, ग्लोब्स, ब्याटिङ्ग ग्लोब्स, स्टेम्प, बल, किक ब्याग र हेलमेट लगायतका क्रिकेट सामाग्री सहयोग गरेका थिए ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मो हसन पठानले विद्यालयमा धेरै कुराको आवश्यकता रहेको उल्लेख गर्दै आगामी दिनमा समेत विद्यालयलाई सल्लाहा र सुझावको अपेक्षा रहने बताए ।

सहयोग सामाग्री हस्तान्तरण गर्दै विद्यार्थी समुहका नेता नवकिरण शाहले खेलाडीलाई गरेको सानो सहयोगले कुनै खेलाडी राष्ट्रको नाम राख्न सफल हुने विश्वास ब्यक्त गरे ।
शिक्षक चन्दले २०६३ सालमा बर्दहवाको लक्ष्मी माविमा अध्यापन गराएका उमा मल्ल, सरु पौडेल, जानकी पौडेल, यमसरा रावत, जङ्ग बिसी, राम शाह, श्याम शाह, डम्मर वली, महेन्द्र चन्द, मिनु मल्ल, शेखर मल्ल, नवकिरण शाह सहितको टोलीले खेल सामाग्री सहयोग गरेको हो ।






copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)






-1761808270369.png&w=3840&q=75)