दीपक सेमिफाइनलमा
सोमबार, १७ फाल्गुण २०७७खेलपाटी संवाददाता

काठमाडौं । एनआरटीका दीपक मगर प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा दीपकले अजिमाका फुरी शेर्पालाई ६–४ ले पराजित गर्दै लास्ट ब्रेकका सोम लामासँग सेमिफाइनलमा भेट पक्का गरे ।
अर्को क्वाटरफाइनलमा सोमले अजिमाका राजेन लामालाई ६–३ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
त्यसअघि अजिमाका नेपाल नम्बर वान रेगन श्रेष्ठ र फस्ट ब्रेकका अमन कार्कीले सेमिफाइनलमा भिडन्त पक्का गरिसकेका छन् ।
सेमिफाइनल बुधबार हुनेछ । नेपाली स्नुकरको इतिहासमा जारी प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको हो ।






%20(2)-1765947464452.png&w=3840&q=75)


-1766026440435.webp&w=3840&q=75)

-1766070495057.jpeg&w=3840&q=75)


