• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Fifa 2018
  • गृहपृष्ठ
  • Fifa 2018
नेयमार अर्थात ब्राजिली विश्वास
खेलपाटी संवाददाता
आइतबार, असार ३, २०७५ खेलपाटी संवाददाता
नेयमार अर्थात ब्राजिली विश्वास

काठमाडौं । युरोपेली क्लबको नजर उनीमा परिसकेका थिएन्  । ब्राजिलियन क्लब सान्तोषमा उनी भखैरै खेल्दै थिए । उनको खेल कौशल हेरेर धेरैलाई लागेको थियो, एक दिन ब्राजिललाई विश्वकपको उपाधि यात्रासम्म डोर्याउने नायक यही हुनेछ ।

त्यो नायक अरु कोही थिएन । उनी थिए, नेयमार । अर्थात जुनियर नेयमार । उनी नेयमारमा सारा ब्राजिलीले बिश्वकपको उपाधि जित्ने विश्वास अडिएको छ । त्यसका लागि स्वयम् नेयमार समेत तयार छन् ।

युरोप छिरेर उनले आफुलाई विश्व फुटबलको उम्दा खेलाडीका रुपमा प्रमाणित गरिसकेका छन् । छिमेकी अर्जेन्टिनाका लियोनल मेस्सीले विश्व फुटबलमा एकछत्र राज गरिरहदाँ ब्राजिलले समेत आफ्ना स्टारलाई दक्षिण अमेरिकी महादेशमा खुम्चाएर राख्न चाहेन ।

स्पेनको धनाड्य क्लब रियल मड्रिड उनलाई कुनै पनि मुल्यमा किन्न चाहन्थ्यो । नेयमारलाई भित्राउन खाली चेक समेत हस्ताक्षर गरेर समेत रियल किन्न तयार भयो । तर, बार्सिलोनामा मेस्सीसँग खेल्ने नेयमारको इच्छाको अगाडी रियलको पैसाको कुनै जोर चलेन । उनी बार्सिलोना आए अनि मेस्सीसँग दोस्ती बढाए ।

मेस्सीसँगको संगत र सहकार्यले उनलाई अझ निखार्दै लग्यो । बार्सिलोनाले समेत मेस्सी पछिको उत्तराधिकारीको रुपमा नेयमारलाई प्रस्तुत गर्यो । बार्साका मुख्य खेलाडी मेस्सी भए । त्यसपछि जोडिन आईपुगे उरुग्वेका लुईस स्वारेज । अनि नेयमार छायाँमा परेजस्तै देखिए ।

समयसँगै नेयमारले मन फेरे, उनले बार्सिलोना छाड्ने निर्णय गरे । कतारी लगानीको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) नेयमारलाई कीर्तिमान मुल्य तिर्न तयार भयो । नेयमार आफै पनि बार्सा छोड्ने मनस्थितिमा थिए । एक अर्थमा उनलाई बार्सिलोना र मेस्सीको छायाँबाट मुक्त हुन थियो । उनलाई विश्वकै सर्वोकृष्ट खेलाडी भएको प्रमाणीत गर्न थियो ।

पिएसजी आएर उनले स्टारडम अनुसारकै प्रर्दशन गरे । चोट बोके । विश्राम लिए । अब फेरी मैदान फर्किएका छन् । हो, नेयमार मैदान फर्किएका छन् ।

नेयमारसँगै ब्राजिलको विश्वास मैदान फर्किएको छ । ब्राजिलको आश र भरोसा मैदान फर्किएको छ । उनै नेयमारको नेतृत्वमा सारा ब्राजिलले विश्वकपको उपाधि जित्ने अठोट लिएको छ । उनी नेयमारलाई ब्राजिलले विश्वकपको उपाधि जिताउने ठुलो भारी बोकाईदिएको छ ।

बिर्सन नहुने तथ्य, चार बर्ष अगाडी ब्राजिल आफ्नै घरेलु भुमिमा जर्मनीसंग ७–१ को पराजित भयो । धेरैलाई लागेको थियो, ब्राजिली फुटबल अब उठ्ने छैन । सायद यो पनि हुन सक्छ, ब्राजिली फुटबलले अब खुट्टा टेक्ने छैन । तर, सबै अनुमान र आरोपलाई जवाफ दिदै ब्राजिल रुसी विश्वकपमा टिकट काट्ने पहिलो राष्ट्र बन्यो ।

सन् २०१४ को विश्वकपमा खतरनाक चोट बोकेका नेयमार ढिलो चाँडो मैदानमात्र फर्किएनन् । संगै लिएर आए, ब्राजिलको विश्वास र भरोसा । फेरी ब्राजिली जनतामा उनले बाँडिदिएका छन्, सपना विश्वकप उपाधिको ।

नेयमार आफैले बाँडेको सपनाको सारथी बन्न सक्लान ?

 

                                                                                                                       -हिम बिक्रम 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP