एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा उपाधि दाबेदार आरबी लाइपजिगले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा लाइपजिगले अग्सवर्गलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लाइपजिगलाई जित दिलाउन डानिल ओल्मो र क्रिस्टोफर एनकुनकुले एक एक गोल गरे ।
अग्सवर्गका डानिल कालिगुइरीले एक गोल फर्काए ।
खेलको ३८ औं मिनेटमा डानिलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ४३ औं मिनेटमा क्रिस्टोफरले गोल गरेपछि लाइपजिगले २-० को अग्रता बनायो ।
त्यसपछि खेलको ७७ औं मिनेटमा अग्सवर्गका कालिगुइरीले पेनाल्टीबाट एक गोल फर्काएपनि लाइपजिग २-१ ले विजयी भयो ।
जितसँगै लाइपजिग शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दुरी घटाउन सफल भएको छ ।
दोस्रो स्थानको लाइपजिगले ४४ अंक जोडेको छ । बायर्नको ४८ अंक रहेको छ ।
अग्सवर्ग २२ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।