एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब लेष्टर सिटीका डिफेन्डर जेम्स जस्टिनले सिजनको बाँकी खेल गुमाउने भएका छन् ।
घुँडाको चोटको कारण जस्टिनले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
२२ वर्षीय जस्टिनको घुँडाको लिगामेन्ट च्यातिएको बताईएको छ ।
इंग्ल्यान्डका डिफेन्डर जस्टिनले एफए कप अन्तर्गत ब्राइटनविरुद्धको खेलमा चोट बोकेका थिए ।
जुन खेलमा लेष्टर १-० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
चोट बोकेपछि उनलाई स्ट्रेचरको सहायताबाट मैदान बाहिर निकालिएको थियो ।
जस्टिनले यस सिजन लेष्टरका लागि ३१ खेल खेलका छन् ।
