काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र चद्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले १-० को अग्रता बनाएको छ ।
खेलको सातौं मिनेटमा सिर्जना खड्काले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी हुन् ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
पुलिस चन्द्रपुरलाई हराउँदै तेस्रो स्थानको वालिङसँग अंक बराबरी गर्न चाहन्छ ।
पुलिस ८ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
चन्द्रपुर पनि पुलिसलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
चन्द्रपुर ६ अंक जोडेको छैटौं स्थानमा रहेको छ ।